जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाक"/>

2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरमा आज दीपावली गरिदै

जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् । 

लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था लामो समयदेखि प्रयासरत रहेका कारण पुरानो नगरी विराटनगर महानगरपालिका बनेको हो । 

दुई लाख १४ हजार जनसङ्ख्या रहेको विराटनगरमा अब टङ्कीसिनुवारी गाउँका करिब २० हजार र जहदा–३ का आठ हजार जनसङ्ख्यालाई समावेश गरिने भएको छ । १९ वडा रहेको विराटनगरका केही वडाको सङ्ख्या बढ्नुका साथै जनसङ्ख्या दुई लाख ४० हजारको हाराहारीमा जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । 

विराटनगरलाई महानगरपालिका बनाउने घोषणा गरेकोलगत्तै मोरङ व्यापार सङ्घले आज साँझ विराटनगरमा दीपावली मनाउन व्यापारीलगायत नगरवासीसँग अपिल गरेको छ । 

सो सङ्घले एक विज्ञप्ति जारी गरी सरकारको सो निर्णयको हार्दिक स्वागत गर्नुका साथै महानगरपालिका बनाउनका लागि सहयोग गर्ने विभिन्न राजनीतिक दल र नगरवासीप्रति आभार प्रकट गरेको छ । यसका साथै आगामी दिनमा पनि जनहितका लागि हुने कार्यमा सङ्घ सदैव अग्रसर रहने प्रतिबद्धतासमेत प्रकट गरेको छ । 

विराटनगरलाई महानगरपालिका बनाउनका लागि सांसद अमृत अर्याल, ऋषिकेश पोखरेल, पवन शारडा, अमन मोदीलगायतका सांसद एवम् मोरङका अन्य सांसद एवम् नेताको अहम् योगदान रहेको छ । 

राजनीतिक एवम् औद्योगिक क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको विराटनगर अब चार महानगर– काठमाडौँ, ललितपुर, भरतपुर र पोखराको स्तरमा पुगेको देख्दा यहाँका स्थानीय आफूलाई गौरवान्वित महसुस गर्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई