काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।