असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । 

बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । 

बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानको त्रिवेणि गाउँपालिकामा बजेट प्रस्तुत

२८ असार २०७४, बुधबार १४:२८


असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । 

बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभामा २० करोड ३१ लाख ४८ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष मान बहादुर डागीको अध्यक्षतामा भएको गाउँसभामा बजेट तर्जुमा तथा कार्यक्रम समितीका संयोजक करुणा खड्काले वर्षभरि हुने चालु खर्च, पुंजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट पेश गगरेकी हुन् ।

जस अनुसार पूर्वाधार विकासमा ५ करोड ५० लाख ५० हजार, सामाजिक विकास तर्फ ३ करोड ३५ लाख ७६ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड ३८ लाख २४ हजार बजेट विनियोजन गरिएको छ । आर्थीक विकासमा ९ लाख, संस्थागत विकासमा ४० लाख २६ हजार, वित्तिय व्यवस्थापनमा ४३ लाख ५० हजार र म्याचिङ फन्टमा १ करोड १० लाख बजेट पेश गरिएको छ ।

निती तथा कार्यक्रम प्रस्तुत गर्दै खड्काले गर्भवती महिलालाइ गर्भ जाँच गर्न आउँदा १ किलो आयोडिनयुक्त नुन दिने, सुत्केरि खर्च रु ५ सय र वच्चालाइ न्यानो झोला वितरण गरिने घोषणा गरिन् ।

यस्तै त्रिवेणि गाउँपालिकाले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाइ सम्मान गर्ने, महिला स्वास्थ्य स्वयमसेविकालाइ प्रोत्साहन गर्ने, धुवारहित चुलो बनाउने, प्रत्येक वस्तीमा कृषि–प्राविधिक भेटघाट कार्यक्रम संचालन गर्ने तथा भौतीक पूर्वाधार तर्फ ५ लाख भन्दा कमका योजना छनौट गर्न नपाइने नीती लिएको छ ।

जनगुनासो सुन्न र प्रत्यक्ष सम्बोधन गर्न जनतासंग अध्यक्ष रेडियो कार्यक्रम तथा रेडियो वहस कार्यक्रम संचालन गरिने पनि निती तथा कार्यक्रममा समेटीएको छ ।

एक घर एक रुख रोप्ने, एक घर एक करेसाबारि, २ वर्षभित्र धुवाामुक्त र पूर्ण सरसफाइयुक्त गाउंपालिका बनाउनका लागी अभियान नै संचालन गरिने पनि बजेट तर्जुमा तथा कार्यक्रम समितीका संयोजक खड्काले जनाइन् ।

गाउँसभा उद्घाटन समारोहमा सल्यानका प्रमुख जिल्ला अधिकारि दिल कुमार तामाङले सफा, हराभरा, शुन्दर, शान्त र सुशासनयुक्त त्रिवेणि गाउंपालिका बनाउने जिम्मेवारि जनप्रतिनिधीहरुको भएको जनाउंदै अव जनताले परिवर्तनको महसुस गर्ने विश्वास व्यक्त गरे ।

यस्तै स्थानीय विकास अधिकारि खिम बहादुर रायमाझि, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारि, काग्रेस सल्यानका सभापती गणेश चन्द, पूर्व जिविस सभापती उदय बोहोरा, पूर्व काग्रेस केन्द्रीय सदस्य डिल्ली रेग्मी, एमाले सल्यानका सदस्य लोकेन्द्र खड्का लगाएतकाले शुभकामना मन्तव्य राख्दै सर्वसाधारण नागरिकलाइ प्रत्यक्ष फाइदा पुग्ने र बढि भन्दा बढि स्थानीयहरुको सहभागीता हुने योजनाहरु संचालन हुनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा त्रिवेणि गाउँपालिका अध्यक्ष मान बहादुर डागीले आफु एक्लै नभएको भन्दै आँफु सहितको टिमले सबै तह र क्षेत्रका नागरिकहरुसंग सल्लाह समन्वय गरेर उत्कृष्ट गाउँपालिका बनाउने सपना रहेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ