असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । 

बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । 

बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभा"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानको त्रिवेणि गाउँपालिकामा बजेट प्रस्तुत

२०७४, २८ असार बुधबार १४:२८


असार २८, सल्यान । सल्यानको त्रिवेणि गाउँपालिकामा नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । 

बुधबार लुहाम बजारमा आयोजना गरिएको प्रथम गाउँसभामा २० करोड ३१ लाख ४८ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष मान बहादुर डागीको अध्यक्षतामा भएको गाउँसभामा बजेट तर्जुमा तथा कार्यक्रम समितीका संयोजक करुणा खड्काले वर्षभरि हुने चालु खर्च, पुंजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट पेश गगरेकी हुन् ।

जस अनुसार पूर्वाधार विकासमा ५ करोड ५० लाख ५० हजार, सामाजिक विकास तर्फ ३ करोड ३५ लाख ७६ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड ३८ लाख २४ हजार बजेट विनियोजन गरिएको छ । आर्थीक विकासमा ९ लाख, संस्थागत विकासमा ४० लाख २६ हजार, वित्तिय व्यवस्थापनमा ४३ लाख ५० हजार र म्याचिङ फन्टमा १ करोड १० लाख बजेट पेश गरिएको छ ।

निती तथा कार्यक्रम प्रस्तुत गर्दै खड्काले गर्भवती महिलालाइ गर्भ जाँच गर्न आउँदा १ किलो आयोडिनयुक्त नुन दिने, सुत्केरि खर्च रु ५ सय र वच्चालाइ न्यानो झोला वितरण गरिने घोषणा गरिन् ।

यस्तै त्रिवेणि गाउँपालिकाले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाइ सम्मान गर्ने, महिला स्वास्थ्य स्वयमसेविकालाइ प्रोत्साहन गर्ने, धुवारहित चुलो बनाउने, प्रत्येक वस्तीमा कृषि–प्राविधिक भेटघाट कार्यक्रम संचालन गर्ने तथा भौतीक पूर्वाधार तर्फ ५ लाख भन्दा कमका योजना छनौट गर्न नपाइने नीती लिएको छ ।

जनगुनासो सुन्न र प्रत्यक्ष सम्बोधन गर्न जनतासंग अध्यक्ष रेडियो कार्यक्रम तथा रेडियो वहस कार्यक्रम संचालन गरिने पनि निती तथा कार्यक्रममा समेटीएको छ ।

एक घर एक रुख रोप्ने, एक घर एक करेसाबारि, २ वर्षभित्र धुवाामुक्त र पूर्ण सरसफाइयुक्त गाउंपालिका बनाउनका लागी अभियान नै संचालन गरिने पनि बजेट तर्जुमा तथा कार्यक्रम समितीका संयोजक खड्काले जनाइन् ।

गाउँसभा उद्घाटन समारोहमा सल्यानका प्रमुख जिल्ला अधिकारि दिल कुमार तामाङले सफा, हराभरा, शुन्दर, शान्त र सुशासनयुक्त त्रिवेणि गाउंपालिका बनाउने जिम्मेवारि जनप्रतिनिधीहरुको भएको जनाउंदै अव जनताले परिवर्तनको महसुस गर्ने विश्वास व्यक्त गरे ।

यस्तै स्थानीय विकास अधिकारि खिम बहादुर रायमाझि, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारि, काग्रेस सल्यानका सभापती गणेश चन्द, पूर्व जिविस सभापती उदय बोहोरा, पूर्व काग्रेस केन्द्रीय सदस्य डिल्ली रेग्मी, एमाले सल्यानका सदस्य लोकेन्द्र खड्का लगाएतकाले शुभकामना मन्तव्य राख्दै सर्वसाधारण नागरिकलाइ प्रत्यक्ष फाइदा पुग्ने र बढि भन्दा बढि स्थानीयहरुको सहभागीता हुने योजनाहरु संचालन हुनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा त्रिवेणि गाउँपालिका अध्यक्ष मान बहादुर डागीले आफु एक्लै नभएको भन्दै आँफु सहितको टिमले सबै तह र क्षेत्रका नागरिकहरुसंग सल्लाह समन्वय गरेर उत्कृष्ट गाउँपालिका बनाउने सपना रहेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ