प्रभात सुवेदी । असार २९, बर्दिया ।

युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २९, बर्दिया ।

युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जो"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीऊ पाउनुभो रोपेर हुर्काउनुहोला …

२९ असार २०७४, बिहीबार १३:२१

प्रभात सुवेदी । असार २९, बर्दिया ।

युवाहरुको क्षमता अभिवृद्धि गरी उद्यमशीलताको विकास गर्नका लगि आयोजित ३ महिने तालिमको समापन कार्यक्रममा तालीमलाई बीऊका रुपमा तुलना गर्दै सिकेको सिप र ज्ञानलाई अझै परिस्कृत गर्ने कुरामा जोड दिइएको छ ।

जिल्ला युवा समितिको कार्यालय बर्दियाको आर्थिक सहयोग र भेरी प्राविधिक शिक्षालय बाँकेको समन्वयमा सपना व्युटि पार्लर बर्दियाको सहकार्यमा जिल्लाका १० जना महिला युवाहरुका लागि आयोजित ३ महिने व्युटि पार्लर तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष नीलकण्ठ रेग्मीले उक्त कुरा बताउनुभएको हो ।


वहाँले वर्तमान परिवेशमा दैनिक १५ सयको दरमा नेपाली युवाहरु विदेशिने गरेको जसमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र जम्मा २ प्रतिशत मात्रै दक्ष युवाहरु सिप सिकेर जाने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै यसले गर्दा मुलुकमा अनुत्पादक जनशक्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । धेरै प्रकारका तालिमहरुको माग आएकोमा महिला लक्षित तालिम सञ्चालन गर्नका लागि व्युटिसियन तालिमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा भेरी प्राविधिक शिक्षालयका सहायक प्रमुख पारस खड्काले तालिमपश्चात आफ्नो तालिमको योग्यतालाई सिप विकास केन्द्रबाट प्रमाणिकरणका लागि गरिने प्रकृयामा आवद्ध भएर आफ्नो सिपलाई अझ प्रगति उन्मुख गर्नका लागि जानकारी गराउनुभएको थियो ।


साथै सपना व्युटि पार्लरका प्रशिक्षक सपना कुँवरले आफूले धेरै चुनौतीहरुको सामना गर्दै यस क्षेत्रमा नै पहिलो पटक यस प्रकारको सेवा दिँदै आएको बताउनुहुँदै सिक्ने कुरा कहिल्यै पनि नसकिने भएकोले सिकेका कुराहरुलाई निरन्तरताका लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । 


प्रशिक्षार्थीहरुको तर्फबाट सुस्मिता उपाध्याय र प्रभा पौडेलले आफ्ना सिकाइ अनुभवहरु राख्नुभएको थियो । 

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ