असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । 

विशेष गरि मोटरबाटो तथा खानेपानीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । 

विशेष गरि मोटरबाटो तथा खानेपानीक"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपुरकोट गाउँपालिकाको बजेट २७ करोड ७ लाख

३० असार २०७४, शुक्रबार ११:११


असार ३०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४।७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । 

विशेष गरि मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाइ प्राथमिकतामा राखेर प्रथम गाउँसभा मार्फत बजेट एवम् निती, कार्यक्रम प्रस्तुत गरीएको छ ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले २७ करोड ७ लाख ११ हजार १ सय २० रुपैयाँ ३३ पैसा बराबरको बजेट प्रस्तुत गरिन् । जसमा सामाजिक विकास तर्फ ३ करोड ७ लाख ४३ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ८८ लाख ९० हजार, आर्थीक विकास तर्फ ६१ लख ५० हजार र वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ८५ लाख ८० हजार रुपैया रहेको छ ।

गाउँपालिकाभित्रका विभिन्न बजारमा नगर प्रहरीको व्यवस्था गर्ने, जग्गा प्लटिङलाइ व्यवस्थीत गर्ने, आन्तरिक आम्दानीलाइ बढाउने तथा एकिकृत सम्पत्ती कर लागू गर्ने जस्ता निती तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरिएको छ ।

वर्षको दुइ पटक आमाको मुख हेर्ने र वाबुको मुख हेर्ने दिनमा ७५ वर्षमाथीका जेष्ठ नागरिकलाइ सम्मान गर्ने, सुत्केरि महिलालाइ न्यानो झोला वितरण गर्ने जस्ता कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले बनाएको छ ।

गाउँसभामा संक्षिप्त भनाइ राख्दै गाउँपालिका अध्यक्ष सेनले न्युन वर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमहरुलाइ प्राथमिकतामा राखिएको जनाए । सम्भावना र चुनौतीहरु पनि त्यत्तिकै रहेको कपुरकोट गाउँपालिकालाई नमुना बनाउन बजेटको कार्यान्वयन, आर्थिक चुवावट नियन्त्रण, जनताको सहभागिता तथा वडास्तरबाट योजना अनुसारको प्रगती हुनुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ