२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी र अन्नपूर्णको बजेट सार्वजनिक

२०७४, ३१ असार शनिबार ०३:४८

असार ३१, म्याग्दी । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले आव २०७४÷७५ का लागि विनियोजित बजेट शुक्रबार सार्वजनिक गरेका छन् । 

बेनीमा आयोजित प्रथम नगरसभामा उपप्रमुख सञ्जु बरुवालले रु ३७ करोड ७८ लाख ८६ हजार बजेट विनियोजन भएको जानकारी दिनुभयो । चालुतर्फ रु २२ करोड ३० लाख ८६ हजार र पूँजीगततर्फ रु १५ करोड ४८ लाख विनियोजन भएको छ । 

नगर प्रमुख हरिकुमार श्रेष्ठले बेनीदेखि दशवटै वडासम्म पक्की सडक, आधारभूत खानेपानी सुविधा, फोहर विस्थापनस्थल निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, व्यापार प्रवद्र्धन, कला, संस्कृति र ऐतिहासिकस्थलको संरक्षणमा जोड दिइएको बताउनुभयो । 

एकीकृत सम्पत्ति कर लागू गर्ने नीतिगत निर्णय गरेको नगरपालिकाले व्यवसाय, घरभाडा र सवारी करका लागि लगत संकलन गर्ने भएको छ । ‘एक वडा एक उत्पादन’, रावण उद्यान निर्माण र ‘एक घर एक बिरुवा’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

नगरपालिकामार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

यसैगरी जलविद्युत्मैत्री वातावरण निर्माण, पर्यटन र कृषिसम्बन्धी योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको अन्नपूर्ण गाउँपालिकाले आगामी आवका लागि रु २३ करोड २९ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले केन्द्र सरकारले वित्तीय समानीकरणमा रु १४ करोड चार लाख र सशर्त अनुदानतर्फ रु आठ करोड २१ लख ९३ हजार अनुदान उपलब्ध गराउने, रु ४४ लाख ६५ हजार आन्तरिक आय र रु दश लाख जनसहभागिताबाट जुटाइने जानकारी गराउनुभयो । 

प्रत्येक वडामा सुत्केरी तथा गर्भवतीको सहयोगका लागि रु ५० हजारका दरले आकस्मिक कोष स्थापना गरिने छ । प्राविधिक विषय अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत अनुदान र ८० वर्षभन्दा माथिका नागरिकलाई चाडपर्व मनाउन वार्षिक रु पाँच हजार उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिकामा आठ वटा वडा छन् । जलविद्युत्, पर्यटन र कृषिको विकासमार्फत गाउँपालिकालाई समृद्ध र विकसित बनाउने परिकल्पनासहित योजना, नीति तथा कार्यक्रम र सोअनुसार बजेट ल्याइएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । 

धौलागिरि आधार शिविर पदमार्ग 

संसारको साताँै अग्लो हिमाल धौलागिरि (८,१६७ मिटर) को आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । धौलागिरि गाउँपालिका–४ बगराका बासिन्दाले विभिन्न निकायको अनुदान सहयोगमा करिब तीन किमी पदमार्ग निर्माण गरेका हुन् । 

नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय पोखरा र साबिक मुदी गाविसको रु १३ लाख ५० हजार सहयोगमा छुट्टाछुट्टै ठाउँमा पदमार्ग निर्माण गरिएको बगराका अगुवा हरिप्रसाद तिलिजाले जानकारी दिनुभयो । 

पर्यटन बोर्डको रु सात लाख सहयोगमा धौलागिरि चक्रीय पदमार्गअन्तर्गत राचिस–चौरवन खण्डमा दुई हजार ३०० मि बाटो निर्माण भएको छ । नयाँ बाटो खन्ने, सिँढी बनाउने र पर्खाल लगाउने काम गरिएको छ । 

पर्यटन कार्यालय पोखराको रु पाँच लाख सहयोगमा दाप्चादेखि दोभान खण्डको भीरमा २०० मि, साबिक मुदी गाविसको रु एक लाख ५० हजार सहयोगमा काठका तीन अस्थायी पुल र २०० मि पदमार्ग निर्माण भएको तिलिजाले बताउनुभयो । 

राचिस–चौरवन खण्डको भिरको उकालो र घुमाउरो बाटोको विकल्पमा नयाँ छोटो पदमार्ग निर्माण भएको छ । नयाँ पदमार्ग निर्माण भएपछि एक घण्टाको बाटो छोटिएको योजनाको अनुगमन तथा मूल्यांकनमा जानुभएका जिल्ला समन्वय समितिका इञ्जिनियर कृष्ण रिजालले बताउनुभयो । 

पदमार्गको चौडाइ १.५ देखि दुई मिसम्म फराकिलो छ । पदमार्ग निर्माण भएपछि धौलागिरि चक्रीय पदमार्गको भ्रमण तथा आरोहणका लागि आउने पर्यटक, पथप्रदर्शक, पर्यटन मजदुर र स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । 

मुदी बगरादेखि तीन दिनको पैदलयात्रापछि पुगिने आधार शिविरसम्म जाने अन्य धेरै ठाउँमा नयाँ पदमार्ग र दश झोलुङ्गे पुलको आवश्यकता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न