२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटका द्वन्द्वपीडितलाई १२ करोड ३३ लाख वितरण

३१ असार २०७४, शनिबार ११:२५

असार ३१, नुवाकोट । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । 

द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिएका छन् ।

‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायतास्वरुपमा रकम उपलब्ध गराइएको प्रजिअ बरालले बताए । 

कार्यदलको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वमा सर्वसाधारण मृतक १८७ जना र सुरक्षाकर्मी २१ जना गरी २०८ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी रु दश लाख पु¥याइएको छ ।

यस्तै, बेपत्ता भएका २२ जनाको परिवारको लागि यसअघि रु पाँच लाख उपलब्ध गराइसकेकाले थप रु पाँच लाख बेपत्ता व्यक्तिको हकदारलाई प्रदान गरिएको छ । द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परेको भनी पहिचान भएका १५१ जना र विस्थापित जीवन विताउन बाध्य ४७४ जनाको लागि रु २५÷२५ हजार राहत रकम बैंकमार्फत वितरण गरिएको छ ।

कार्यदलको प्रतिवेदन अनुसार द्वन्द्वपीडित वितरण गर्ने रु १६ करोड ९६ लाख ५९ हजार बजेट प्राप्त भए पनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैँंक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने भएकाले सबै पीडित समेट्न नसकेको प्रजिअ बरालले उल्लेख गरेका छन् । द्वन्द्वपीडितको पहिचान नहँुदा वितरणको लागि आएको रु चार करोड ६२ लाख ७९ हजार बजेट फिर्ता भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ