टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिष"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको ठुली भेरि नगरपालिकाको सबै योजना पारित, ३२ करोड ३३ लाख रकम बिनियोजन

१ श्रावण २०७४, आईतवार ०८:१०


टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिषयगत कार्यालयको बजेट र योजनाहरु आएका छैनन । शुक्रबार र शनिबार दिन भर बसेको नगरपालिकाको बैठकले नगरपालिका भित्रका एक बर्षमा हुने सबै योजनाहरु पारित गरेको ठुलिभेरि नगरपालिकाले जानकारि दिएको छ । 


आर्थिक बर्ष ०७४/०७५ का लागि ठुलिभेरि नगरपालिकाले अनु्मानित बजेट कुल ३२ करोड ३३ लाख ८० हजार बराबर चालु र पूजिगत तर्फ बिनियोजन गरेको छ । चालु तर्फ ३ करोड ७५ लाख र पूजिगत तर्फ १९ करोड ९७ लाख ९० हजार बिनियोजन गरेको छ । त्यसै गरि सर्शत अन्ुदान तर्फको बजेटमा ७ करोड २० लाख ७९ हजार रकम बिनियोजन भएको हो । आन्तरिक स्रोतबाट आम्दानीहुने रकम १ करोड ४ लाख ११ हजार हुने र सोहि अनुसार आन्तरिक स्रोतको रकम बिनियोजन गरिएको ठुलिभेरि नगरपालिकाका कार्यकारि अधिकृत गोबिन्द सुनारले जानकारि दिनुभयो । 


आर्थिक बर्ष ०७४/०७५ का लागि नगरपालिका भित्रका सबै योजनाको अनुमानित बजेटको ब्यबस्था गरिएको र लागत इष्टिमेट बिना कति बजेट लाग्छ भन्ने कुराको यकिन जानकारि नभएको कारण कुनै पनि योजनाको बजेट नँतोकिएको नगरपालिकाले जानकारि दिएको छ । अहिले चालु र पूजिगत तर्फ मात्र बिनियोजन गरेको नगरपालिका भित्रका सबै योजनाहरुको लागत इष्टिमेट आए पछि बजेट योजना अनुसार बिनियोजन गर्ने कार्यकारि सुनारले बताउनु भयो । 

एक बर्षको निति तथा कार्यक्रमहरु बनि सकेको र यस्लाइ कार्यान्वयनमा ल्याउनको लागि सबै क्षेत्रबाट सहयोग हुनु पर्ने स्थानिय सरकार अर्थात पहिलो पटक जनप्रतिनिधिले नै बनाएको पहिलो बजेट नमुना र प्रभाकारि हुनेमा बिश्वस्त रहेको ठुलिभेरि नगरपालिकाका उपप्रमूख योगेन्द्र बहादुर शाहीले दाबि गर्नु भयो । 


स्थानिय तहमा आए पछि सबै बिषयगत कार्यालयले नगरपालिका र गाँउपालिकामा आफना बार्षिक कार्याक्रका योजनाहरुको बजेट सिलिङ्ग पेश गर्नु पर्ने भए पनि स्वास्थ्य,शिक्षा,आयुर्बेद बाहेक अन्य कुनै पनि बिषयगत कार्यालयले कार्यक्रम र बजेट पेश नगरेकोले समस्या आएको र शिक्षा कार्यालयले शिक्षक तलब मात्र पेश गरेको ठुलिभेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताउनु भयो । अनुमानको भरमा रकम बिनियोजन गर्दा प्रभाबकारि नहुने र ढुङ्गा पल्टाएर रकम सकाउने प्रबिदिको हावी हुने भएकोले काम र आबस्यक्ताका आधारमा बजेट बिनियोजन हुने पनि शाहीले बताउनु भयो ।


बियषगत कार्यालयले योजना तथा कार्यक्रमको बजेट पेश नँगरे पछि भोली गएर एकै शिर्षकमा योजना दोहोरीने सम्भाबना रहेकोले पनि कार्यान्यन हुन कठिन हुने देखिएको छ । अबको एक साता भित्रमा सबै बिषयगत कार्यालय र गैर सरकारी निकायाको कार्याक्रम तथा बजेट सिलिङ्ग आउने र सबै क्षेत्रको समाबेश गरि नगपालिकाको बार्षिक योजना बजेट सार्वजानिक हुने कार्यकारि गोबिन्द सुनारले जानकारि दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ