काठमाडौँ | नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।
केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।
आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।