२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेमा ५४ लाख ५९ हजार अनुदान वितरण

१ श्रावण २०७४, आईतवार ११:१७

साउन १, बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ । 

भूकम्पका कारण गोठ तथा खोरमा क्षति हुनुका साथै पशुधन समेत नासिएका कृषकलाई जीविकोपार्जनमा सहयोग पु¥याउन उक्त अनुदान दिइएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । 

भूकम्प पुनःनिर्माण कोषमार्फत रु दुई लाख ५० हजार मूल्यको ५०० लिटरको चिलिङ भ्याट एक जनालाई, रु पाँच लाख २५ हजार बराबर दूध दुहने स्टिेनलेस स्टिलको ट्यांकी ३५० जनालाई, कुखुराको खोर निर्माण गर्न ६० जनालाई अनुदान रु तीन लाख, रु पाँच लाख बराबर बंगुरका पाठापाठी १०० जनालाई र रु एक लाख बराबर कुखुराको चल्ला वितरण ६० जनालाई उपलब्ध गराइएको छ । 

त्यस्तै, १०० जनालाई गाई तथा भँैसीको गोठ सुधार अनुदान रु २० लाख, १०० जनालाई बाख्राको गोठ सुधार अनुदान, पशुस्वास्थ्य शिविरलाई रु पाँच लाख प्रदान गरिएको थियो । यसैगरी १०० जनालाई रु ७६ हजार बराबर मिनरल ब्लक वितरण र प्रतिपरिवार चार बाख्रा र एक बोका २० जनालाई रु ५४ लाख ५९ हजार अनुदानस्वरुप कृषकलाई उपलब्ध गराइएको थियो । 

प्रस्ताव आह्वान गरेपछि भूकम्प पुनःस्थापना कार्यक्रमअन्तर्गत झण्डै एक हजार २७० आवेदन परेको थियो । भूकम्पका कारण बढी क्षति पुगेका कृषकलाई प्राथमिकतामा राखेर जिल्लाको मण्डनदेउपुर, पनौती, बनेपा नगरपालिकासहित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकाका कृषकलाई अनुदान दिइएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ