३ साउन, पर्वत । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ३ साउन, पर्वत । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने

३ श्रावण २०७४, मंगलवार १२:०७

३ साउन, पर्वत । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।

पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी समितिका प्रतिनिधिको सोमबार बसेको बैठकले गरेको निर्णय बिहीबारदेखि लागू हुने जनाइएको छ ।
यातायात व्यवसायीसँगको छलफलपछि साउन ५ देखि भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दानाखण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५ः३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई साँझ ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

उनका अनुसार दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्नेछन् । मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र गलेश्वरबाट अगाडि र मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै भुरुङ तातोपानीबाट छुट्नुपर्नेछ ।

गलेश्वरदेखि दानासम्मको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको प्रजिअ, राजुप्रसाद पौडेलले बताए । आपत्कालीन अवस्थाबाहेकको समयमा निर्णय लागू हुने प्रशासनले जनाएको छ ।

केही दिनअघि गुडिरहेको गाडीमा सडकमाथिबाट ढुंगा खसेर चालकलाई चोट लागेको थियो । कालीगण्डकी नदीको किनारै किनार रहेको कच्ची सडकको अधिकांश भाग अक्करे भिरको फेदीमा पर्छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडक भएर स्थानीयवासीका साथै ठूलो संख्यामा तीर्थयात्री र पर्यटक ओहोरदोहोर गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ