२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्राफिक प्रहरी कार्यालय प्यूठानद्धारा ३४ लाख राजश्व संकलन

२०७४, ३ श्रावण मंगलवार १३:०३

स्मृती घर्ती मगर/साउन ३, प्यूठान । ट्राफिक प्रहरी कार्यालय प्यूठानले ट्राफिक नियम पालना नगरी सञ्चलन भएका ६ हजार ३ सय सवारी साधनलाई कारवाही गरेको जनाएको छ । 

सवारी कार्बाही वाट ३४ लाख बढि राजस्व सँकलन गरेको बताएको छ । गत साउन महिना देखी ०७४ असार सम्मको तथ्याङकमा विभिन्न सवारी साधनहरुलाई कारवाही गरी उनीहरुबाट ३४ लाख ४२ हजार राजस्व संकलन गरीएको ट्राफिक प्रहरी कार्यालय प्यूठानका ट्राफिक प्रहरी हवल्दार संकर चौधरीले जानकारी दिनु भएको छ।

उहाका अनुसार ट्राफिक नियम पालना नगर्ने ३ सय २२ वटा वस बाट १ लाख ७४ हजार, ५ सय ६३ ट्रकवाट ३ लाख ५७ हजार, १४ सय ९२ वटा जिप तथा कारबाट ७ लाख ८८ हजार, ६ सय ९८ वटा टेक्टरबाट ३ लाख ७७ हजार ५ सय, ३२ सय २४ वटा मोटरसाईकलबाट १७ लाख ४५ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी हवल्दार चौधरीले जानकारी दिनु भएको छ।

गत आर्थिक वर्ष २०७२/०७३ मा २१ लाख १० हजार ४ सय मात्र राजस्व संकलन भएको थियो । 

गत वर्षको तुलनामा यस वर्ष राजस्व झन्दै दोव्वरले बृद्धि भएको छ । कारवाहीमा पर्नेहरुमा सवै भन्दा वढि मोटरसाईकल रहेको र सवै भन्दा कम वसहरु कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते