२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा करीब ६ हजार घरको पुनःनिर्माण

८ श्रावण २०७४, आईतवार १२:२५

साउन ८, नुवाकोट । बिनाशकारी भूकम्पले क्षति पुर्‍याएका आवासमध्ये नुवाकोटमा बल्ल पाँच हजार आठ सय ४९ घरको पुनःनिर्माण सम्पन्न भएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार आठ सय ४९ पुगेको छ।

आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफैले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन्। आवास अनुदान लिएर घर बनाउनेको संख्या ३०१ घरधुरी रहेको इकाइका निर्देशक विदुर खड्काले जानकारी दिनुभयो।

आवास निर्माण भएकामध्ये ३१९ लाभग्राहीले तेश्रो किस्ता अनुदानको लागि निवेदन दिएका छन् भने ६ घरधुरीको अनुदान रकम बैंक खातामा निकासाको प्रक्रियामा रहेको छ। “आवास निर्माणले अपेक्षा अनुसार गति लिन सकेको छैन,” इकाइ प्रमुख खड्काले भन्नुभयो-“निर्माण भएका घरमध्ये ३१९ घरधुरीले मात्र अनुदान प्रदान गरेकाले अब तीव्रता दिन लागिरहेका छौं।”

आवास निर्माणमा तेश्रो किस्ता रु एक लाख अनुदान रकम सरकारीस्तरबाट थानपतीका १५ घरधुरीलाई उपलब्ध गराइएको छ। बाँकी काउले, भाल्चे, साल्मे, गोर्‍याङ र तारुकामा सामजिक संस्था मार्फत रकम उपलब्ध गराइएको हो।

वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ६५ हजार सात सय ५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार तीन सय ७४ धरधुरीले अनुदान सम्झौता गरेका छन्। सम्झौता गरेकामध्ये ६२ हजार ६३ घरधुरीले मात्र पहिलो किस्ता बापत रु पचास हजार पाएका छन्।

यस्तै, नौ हजार आठ सय ६९ घरधुरीले दोश्रो किस्ता बापत रु एक लाख पचास हजार पाएका छन्। पहिलो किस्ता रकम पाएर आवास निर्माण गरिरहेका आठ सय ५९ घरधुरीले निर्माण गरेको आवास अनुदान दिन अयोग्य रहेकाले सुधार गर्न सुझाव दिएको इकाइ प्रमुख खड्काले बताउनभयो।

उहाँको अनुसार आवास निर्माण जारी रहेका ११ हजार तीन ७३ मध्ये ११ हजार ४४ घरधुरीले दोश्रो किस्ता पाउन दिएको निवेदनको प्राविधिक परीक्षण जारी रहेको छ र एक महिनाभित्रै करिब दश हजारलाई रकम उपलब्ध गराउने लक्ष्य लिइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ