२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रारा बिमानस्थलमा निजी कम्पनीका कर्मचारीले चर्को भाडा असुल्दै

१० श्रावण २०७४, मंगलवार १२:५४


दान बहादुर बुढा/साउन १०, मुगु । मुगुको रारा बिमानस्थलमा नियमित रुपमा उडान गर्दै आएका  निजी एयरलाइन्सहरुले यात्रुहरुबाट चर्को रुपमा हवाई भाडा असुल्न थालेका छन् । हवाई भाडा बढाएपछि यात्रुहरु मर्कामा परेका छन् । 

मुगु गमगढी देखी नाग्मा सडकखण्ड बर्षादले अबरुद्ध भएको मौका छोपेर निजी एयरलाइन्सहरुले चर्को रुपमा यात्रुको हवाई भाडा बढाएर असुलि गर्न लागेका छन् । रारा बिमानस्थलमा नियमित उडान भर्दै आएका सिता, गोमा ताराले नेपालगञ्ज तर्फ जाने यात्रु बाट ७ हजार देखि ८ हजार भाडा असुल्न थालेका छन् । 

पुरनो भाडा ४२ सय ८० बाट एकै चोटी ८ हजार पुर्याएर छन् । नेपालगञ्जमा यात्रु र कार्गो समान नहुँदा जहाज रित्तै बोलाउनु पर्ने भएकोले दुबै तर्फको भाडा जोडेर ७ हजार देखि ८ हजार लिनु परेको एयरलाइन्सका कर्मचारी बिरेन्द्र मल्लले फोन बाट बताएका छन  ।

नेपालगञ्ज देखि रारा आउने यात्रु बाट पनि ८ हजार ५ सय भाडा लिन थालेका छन् तल बाट माथि आउन पुरानो भाडा ५ हजार कायम थियो एयरलाइन्स चर्को भाडा असुल्न थालेपछि सर्बसाधारण  यात्रु बिरामी मारमा परेका छन् । तारा बिमानस्थलमा हवाई भाडा एकरुपता  नहुँदा यात्रुलाई कठिनाई उत्पन्न भएको छ । महँगो हवाई भाडाले रारा घुम्न आउने आन्तरिक तथा बाहय पयटनहरुलाई समेत असरमा  परेका छन् ।

रार ताल्चाबिमान स्थलमा प्रतेक बर्षको असार साउन, र दशैको समयमा भाडा बृद्घि गर्ने गरेका छन । भाडा बृद्घिले सर्वसाधरण जनताहरु मारमा परेका छन भर्ने कर्मचारीहरुले कार्यालयमा हवाई टिकट पेश गरेभने चिन्न बुझाउर्ने गरेका सर्वसाधरण मुगालि जनताको गुनासो छ भर्ने हवाई टिकट भर्ने हुने खार्ने र निजिएयरलाईन्सका कर्मचारी चाकरी गर्ने हरुले मात्र समयमा टिकट पाउर्ने गरेका छन ।

सरोकार वालानिकाय महुन भएर बसेका छन ।भने यात्रुहरुले नेपालगंजबाट मुगु आउदा ८ हजार ७ सय रुपैया तिरेको र समयमानै टिकट नपाउने आफु संगै आएका साथीहरुले ५ हजार भन्दा माथि रुपैया तिरेको गुनासो यात्रु लंक बहादुर बार्कीले बताएका छन ।

आजै नेपाली कांग्रेसको आयोजनामा रारा ताल्चामा सन्चालन हुने निजी एयरलाईन्सको मनपरी भाडा असुली एकरुपता र नाग्म गमगढी सड्कखण्ड सन्चालनको लागी पहल गरीदिनको लागी नेपाली कांग्रेस जिल्ला कार्यासमितीका सदस्य गजेन्द्र बहादुर मल्लको संयोजकमा जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाआकर्षणको लागी पेश गरेका छन ।


ध्यानआकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अघिकारी मोहन के.सीले समयमा यी बिषयलाई सरोकारवाला निकायहरु मार्फत समाधानको लागी पहल गरीने बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ