२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठान जिल्लामा आर्थिक वर्षमा एक अर्ब भन्दा वढी वजेट फ्रिज

२०७४, १५ श्रावण आईतवार ११:४८

स्मृती घर्ती मगर/साउन १५, प्यूठान । प्यूठान जिल्लामा आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब १३ करोड तीन लाख ९७ हजार एक सय ८० रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

चालु तर्फ ६७ करोड ३० लखा १३ हजार ४० र पुँजिगत तर्फ ४५ करोड ७३ लाख ८४ हजार एक सय ४० रुपैयाँ  खर्च हुन नसकेको कोष नियन्त्रक दिनेश थापाले जानकारी दिनु भएको छ।

उहाँका अनुसार चालु तर्फ तीन अर्ब ६९ करोड ३० लाख ८३ हजार सात सय पाँच रुपैयाँ र पुँजिगत तर्फ दुई अर्ब एक करोड २४ हजार नौ सय सात रुपैयाँ बजेट जिल्लामा आएको थियो। चालुतर्फ ८१. ७८ र पुँजिगत तर्फ ७७.२४ प्रतिशत खर्च भएको जनाइएको छ।

जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ लाख ७१ हजार ६ सय १७ रुपैयाँ बढी राजश्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष १३ करोड ४३ लाख ७९ हजार ४ सय ७६ राजश्व संकलन भएकोमा ०७३/०७४ मा १३ करोड ६५ लाख ५१ हजार ९३ रुपिँया संकलन भएको कार्यालयले जनाएको छ।

जिल्लाको मुख्य विकास निर्माणसँग सम्वन्धित जिल्ला समन्वय समितिले चालुतर्फ ५९.८९ र पुँजिगत तर्फ ३५.२० प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते