२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठान जिल्लामा आर्थिक वर्षमा एक अर्ब भन्दा वढी वजेट फ्रिज

१५ श्रावण २०७४, आईतवार ११:४८

स्मृती घर्ती मगर/साउन १५, प्यूठान । प्यूठान जिल्लामा आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब १३ करोड तीन लाख ९७ हजार एक सय ८० रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

चालु तर्फ ६७ करोड ३० लखा १३ हजार ४० र पुँजिगत तर्फ ४५ करोड ७३ लाख ८४ हजार एक सय ४० रुपैयाँ  खर्च हुन नसकेको कोष नियन्त्रक दिनेश थापाले जानकारी दिनु भएको छ।

उहाँका अनुसार चालु तर्फ तीन अर्ब ६९ करोड ३० लाख ८३ हजार सात सय पाँच रुपैयाँ र पुँजिगत तर्फ दुई अर्ब एक करोड २४ हजार नौ सय सात रुपैयाँ बजेट जिल्लामा आएको थियो। चालुतर्फ ८१. ७८ र पुँजिगत तर्फ ७७.२४ प्रतिशत खर्च भएको जनाइएको छ।

जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ लाख ७१ हजार ६ सय १७ रुपैयाँ बढी राजश्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष १३ करोड ४३ लाख ७९ हजार ४ सय ७६ राजश्व संकलन भएकोमा ०७३/०७४ मा १३ करोड ६५ लाख ५१ हजार ९३ रुपिँया संकलन भएको कार्यालयले जनाएको छ।

जिल्लाको मुख्य विकास निर्माणसँग सम्वन्धित जिल्ला समन्वय समितिले चालुतर्फ ५९.८९ र पुँजिगत तर्फ ३५.२० प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ