२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्याङ्जाका नौवटा सहकारीको दर्ता खारेज

१६ श्रावण २०७४, सोमबार ०४:५५

साउन १६, वालिङ । डिभिजन सहकारी कार्यालय स्याङ्जाले निष्क्रिय सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । आफ्नो उद्देश्यअनुसार काम नगरेर निष्क्रिय रहेका जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरेको डिभिजन सहकारी कार्यालय स्याङ्जाका सहकारी निरीक्षक विष्णुप्रसाद ढकालले बताउनुभयो । 

ढकालका अनुसार कृषिसम्बन्धी तीन, बचत तथा ऋण दुई, दुग्ध उत्पादन दुई र तरकारी तथा फलफूल उत्पादन एक र मत्स्य तथा कृषि एक गरी नौवटा रहेका छन् । 

सेखाम सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका–५, उदयमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनास गाउँपालिका–१, उन्नतिशील कृषि सहकारी संस्था चापाकोट नपा–४, सिर्जनशील कृषि सहकारी संस्था आँधीखोला गाउँपालिका–५, शुभयात्रा सहकारी वालिङ नपा–८, बाँस्टारी मत्स्य तथा कृषि सहकारी कालीगण्डकी गाउँपालिका–५, आदर्श नमूना तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था पुतलीबजार नपा–११, गौमुख दुग्ध उत्पादक सहकारी संस्था गल्याङ नपा–९, सामूहिक गौशाला सहकारी संस्था वालिङ नपा–१ र बाँस्टारी मत्स्य तथा कृषि सहकारी संस्था कालीगण्डकी गाउँपालिका–५ खारेज भएका हुन् । 

सहकारी नियमअनुसार २ वर्षसम्म कुनै पनि कारोबार नगर्नु, गत आवको साधारणसभा, लेखा परीक्षण प्रतिवेदन र माग गरेका अन्य विवरण नबुझाउने सहकारी खारेज गरिएको हो । हाल स्याङ्जामा जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घ र विभिन्न प्रकृतिका ३८० वटा सहकारी रहेका सहकारी निरीक्षक ढकालले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ