पहिरोले चार लघुजलविद्युत् परियोजना बन्द

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

साउन ३०, म्याग्दी । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् ।

दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र बाढीले झोलुङ्गे पुल बगाएपछि दुई गाउँ जोड्ने पैदलमार्गसमेत अवरुद्ध बनेको छ ।

पहिरोले विद्युत्गृहमा क्षति पु¥याएपछि मालिका गाउँपालिका–१ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला र रूख ढलेर नहर भत्किएपछि सोही गाउँपालिका–४ ओखरबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएका छन् ।

दरवाङ–निस्कोट सडकबाट खसेको पहिरो विद्युत्गृहमा पसेर उपकरणमा क्षति पु¥याएपछि रुमखोला लघुजलविद्युत् परियोजना बन्द हुँदा निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरवाङका सात सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

दाजुङखोला लघुजलविद्युत् परियोजनाको सय मिटर नहर भत्किएर विद्युत् उत्पादन बन्द हुँदा ओखरबोट, च्युरीबोट, महभिर, इग्रेका तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । धौलागिरि गाउँपालिका–२ लमसुङमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएपछि बन्द भएको छ ।

आर्थिक अभाव र निरन्तर पहिरो खसिरहेकाले परियोजना मर्मत गर्न नसकिँदा लुलाङ, लमसुङ र खोरिया गाउँका ३५० घरधुरी उज्यालोका लागि टुकी बाल्न बाध्य भएका परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताउनुभयो ।

यसैगरी, धौलागिरि गाउँपालिका–६ मराङमा रहेको ३० किलोवाट क्षमताको मराङखोला लघुजलविद्युत् परियोजना पनि बन्द भएको छ । मराङको कोट भन्ने ठाउँबाट खसेको पहिरोले मराङ ठूलोखोला थुनिएपछि आएको बाढीले मुहानमा रहेको सय मिटर नहर बगाएपछि परियोजना बन्द भएको वडा सदस्य लोकबहादुर पुनले बताउनुभयो । सो परियोजना बन्द हुँदा तीन सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।

सोही पहिरोले मराङ हुँदै धौलागिरि गाउँपालिका–५ मल्कवाङ जाने पैदलमार्ग बगाएपछि मल्कवाङ र कुइने गाउँ पैदलमार्गबाट सम्र्पक विच्छेद भएको छ । मल्कवाङका २५० र कुइनेका डेढ सय घरधुरी जंगल र भिरमा जोखिमपूर्ण तवरले डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासी दलमान छन्त्यालले बताउनुभयो ।

खच्चरसमेत जान नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन । यस्तै, धौलागिरि गाउँपालिका–४ बगरा र सिम्कोस गाउँ जोड्ने म्याग्दी नदी माथिको झोलुङ्गे पुल बाढीले बगाएपछि आवत जावत बन्द भएको छ । सिम्कोस गाउँका दश घरधुरीका बालबालिका पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् । रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply