भदौ ७, कञ्चनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयतर्फ रु एक करोड आठ ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, कञ्चनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयतर्फ रु एक करोड आठ ला"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुनर्वास नगरपालिकाको बजेट रु ४९ करोड

७ भाद्र २०७४, बुधबार ०५:४२

भदौ ७, कञ्चनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयतर्फ रु एक करोड आठ लाख, राजस्व बाँडफाँडबाट रु ६० लाख, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट रु २६ करोड नौ लाख १० हजार, सशर्त अनुदान रु ११ करोड ९६ लाख ४९ हजार, सडकबोर्डबाट आउने सडक मर्मत खर्च रु १५ लाख बजेट विनियोजन गरेको छ । 

यसैगरी, सामाजिक सुरक्षा भत्ता रु सात करोड, सीमा क्षेत्र विकास कोषको रु ५६ लाख ३६ हजार तथा मौज्दात ल्याइएको गरी रु एक करोड ७७ लाख ७५ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो । 

उहाँले विगतमा बालमैत्री, अपांगमैत्री नगरपालिका बनाउने लक्ष्य लिइएकोमा गत परिषद्ले थप ५५ शीर्षकमा स्रोत विनियोजन गरिएको र यस पुनर्वास नगरलाई बालमैत्री नगर बनाउने अभियानलाई विशेष प्राथमिकीकरणमा पार्ने गरी योजना कार्यक्रम तयार गरिएको बताउनुभयो । 

बजेटमा विद्युत् सवस्टेशनको स्थापना, विद्युत् महशुल बुझाउने काउण्टर स्थापना र जीर्ण विद्युत् लाइन मर्मत गर्ने बजेटमा व्यवस्था गरिएको छ । 

सडक पूर्वाधार विकास, कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्था, कृषि वस्तु भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गर्ने, नगरपालिका क्षेत्रभित्र नदी कटान, वन संरक्षण, घरेलु तथा कुटिर उद्योगको स्थापना र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । 

मंगलबार भएको नगर परिषद्ले विनियोजित बजेट र नीति तथा कार्यक्रम पनि पारित गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ