भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका  भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका  भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्य"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालीका भित्रका दुईवटा वडा कार्यलयको उद्घाटन

८ भाद्र २०७४, बिहीबार ०२:१४

भदौ ८, मुगु | छायाँनाथ रारा नगरपालीका  भित्रका दुईवटा कार्यलयको बुधबार उद्घाटन गरिएको छ । कार्यलय ब्याबस्थापन संगै सबै प्रक्रिया पुगेका नगरपालीका भित्र रहेका १४ वडा मध्ये पहिलो पटक २ वटा वडा कार्यलयको उद्घाटन गरिएको छ । 

बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरी छायाँनाथ रारा नगरपालीका भित्रका वडा नं ३ र ४ नं वडाका वडा कार्यलयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमा बोल्दै छायाँनाथ रारा नगरपालीका मेयर हरिजङ शाहिले नगर समृद्धीको लागी सकारात्मक सोचाईमा लाग्नु पर्ने बताउनुभयो । मुगु जिल्ला नकरात्मक सोचाई तथा बिकास निमार्णमा आएको पैसा सहि सदुपयोग नभई एकैको गोजिमा जाने प्रवृद्धीले मुगु जिल्ला बिकासको दृष्टिीकोणमा पछि परेको बताउनुभयो । देश संघिय संरचनामा गहेको तथा सिङ दरबार अधिकार गाउँमा आएकाले बिकास निमार्णले अब फड्को मार्ने शाहिको भनाई छ । आगामी दिनमा बिकास निमार्ण तथा अन्य काममा काँहि कसैले त्रुटी देखिएको खण्डमा कार्यवाहि गरिने बताउनुभयो । 


छायाँनाथ रारा नगरपालीका भित्र यस आर्थिक बर्षमा गरीने बिकास निमार्ण पक्रिया का बारेमा स्थानीय लाई जानकारी गराउदै शाहिले छुटाईएका बिकासका काममा चुवाट नगरी सभ्य रुपमा काम गर्न आग्रह गनुभयो । छायाँनाथ रारा नगरपालीका लागी समृद्ध बनाउन सबैको आवश्यक पर्ने भएकाले सबैलाई आ आपनो क्षेत्रमा काम गरि नगरलाई समवृद्धी बनाउन अपिल समेत गनुभयो । उप मेयर सुन्तला रोकायाले छोरा र छोरीमा गरिने विबेदको अन्तय गर्नुपर्ने बताउनुभयो । हाम्रो समाजमा रुढीवाढी चलनले छोरा छोरीमा गरिने विभेदको अन्तय गर्न सबैमा अपिल गर्नुभयो । समाजमा छोरा लाई गर्ने माया र छोरी लाई गर्ने ब्यावहार फरक भएकाले विभेद न गर्न सबैमा अ्रागहसमेत गनुभयो । 


उपमेयर रोकायाले महिलाका हकहअधिकारका निम्ति संधै लडीरहने महिला दिदिहरुमाझ बचन बद्धता समेत गनुभयो । यसै बिच वडा नं ४का वडा अध्यक्ष बिस्नु कुमार भामले नगरपालीका भित्र रहेका १४ वडा मध्ये वडा नं ४  लाई अरु वडाको तुलनामा फरक पहिचना बनाउने बताउनुभएको छ । ४ नं वडामा बिकास निमार्ण काम देखि शिक्षा स्वास्थय लगायतका काम पनि अरु वडा को तुलनमा केहि परिवर्तीत गर्ने  बचन बद्धता गनुभयो । उहाँले गाउँमा एक घर एक धारको अवधारण संगै  गाउँ सरसफाई लगायतका ४ नं वडा लाई सम्वृद्ध वडा बनाउन लागि पर्ने बताउनुभयो । कार्यक्रमा सहभागी ४ नं वडाका स्थानीय कार्यलय उद्घाटन संगै खुसी देखिएका थिय । २० बर्ष सम्म कर्मचारी तन्त्र बाट चलेको काम तथा बिकास निमार्णले गति लिननसेको र अहिले २० बर्ष पछी जनप्रतिनिध आएकाले  बिकास निमार्णले गतिलिनेमा स्थानीय बिश्वस्त रहेका छन । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ