भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । 

जिल्लाकै प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । 

जिल्लाकै प्र"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीको मुख्य बाटो आजदेखि सञ्चालन

२०७४, ११ भाद्र आईतवार ०६:२७

भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । 

जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट क्षतिग्रस्त भएपछि गत साउन २९ गतेदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको थियो । प्रजिअ बाबुराम श्रेष्ठले सम्बन्धित ठेकेदार र सडक डिभिजन कार्यालयसँग तुरुन्त बैठक गरी नेपाली सेनासमेतको सहयोगमा सो सडकखण्डको मर्मत सम्भार र बाढीले बगाएको बाटो बनाएर आजदेखि सो सडकखण्ड पूर्णरुपमा सञ्चालन भएको जनाइएको छ । 

जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा सो सडकखण्डको पर्सा र पिपराबीचमा यातायात नै सञ्चालन हुन नसक्ने गरी बाटो कटान गरेका कारण १५ दिनसम्म यातायात अवरुद्ध थियो । 

यसअघि करिब एक सातादेखि सो सडकखण्डमा पर्सा बारी र पिपरा पारी गरी दुई खण्डमा गरी बस सेवा सञ्चालनमा आए पनि भरपर्दो र नियमित रहेको नहुँदा र करिब दुई किमी पैदल हिँडेर दुई बसमा बस्नुपर्ने बाध्यता रहेका कारण सरसामान बोकेर यात्रा गर्न नसकिने भएको थियो । 

बाटो पूर्णरुपमा सञ्चालन नहुँदा यसअघि नभई नहुने कामकाजका लागि मात्रै सो सडकखण्डमा यात्रु जाने गरेका थिए । बिरामी र अन्य आवश्यक कामकाजका लागि जिल्लावासी भारतीय शहर बजारमा जाने गरेका थिए । आजदेखि बाटो सञ्चालन भएसँगै अब सम्पूर्ण कामकाज र सेवा आफ्नै गाउँठाउँमा पाइने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते