काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही "/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

२०७४, १३ भाद्र मंगलवार ०८:२७

काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ । 

प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो । 

ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले पोल हटाइदिन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । 

सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएकाले आज दिनभर महाराजगञ्ज क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार टोखा रोड ग्राण्डी, गंगालाल र न्यूरो अस्पताललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट वितरण भएका विद्युत्समेत कटौती हुनेछ । 

त्यसैगरी चक्रपथ चोक, धापासी, वसुन्धारा चोक आसपासका क्षेत्रमा समेत विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी