भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधित"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका युवाहरुलाई स्वरोजगार बनाउन बिनाधितो ऋण

२०७४, १५ भाद्र बिहीबार ०९:२४

भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । 

बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा धितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । उहाँले ‘आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई सहकारीमार्फत ऋण उपलब्ध गराउने बताउनुभयो । 

गाउँपालिकामा रहेका सहकारीमार्फत युवा स्वरोजगारका लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । विदेशमा गई काम गर्नुभन्दा गाउँमै ऋण लिएर व्यवसाय गर्न युवालाई परिचालन गर्न गाउँपालिका लागिपरेको रोकाया बताउनुहुन्छ । स्थानीय उत्पादन, शिक्षा, स्वास्थ्य र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने उहाँको भनाइ छ । 

“सम्पूर्ण काम विद्युतीय मेसिनबाट गर्ने योजना बनाएका छौँ,” रोकायाले भन्नुभयो । गौमूल गाउँपालिकाले ‘आत्मनिर्भर जनता गौमूल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी, पर्यटन, प्रवद्र्धन र कृषिजन्य व्यापार’ नारा अघि सारेको छ । 

शैक्षिक पाश्र्व चित्र निर्माण गर्ने, विद्यालय समायोजना गर्ने, १५ श्ययाको अस्पताल निर्माण, प्रत्येक महिला स्वास्थ्य स्वयम्सेविकालाई एसएमएस रिपोटिङका लागि मोबाइल र मासिक रिचार्ज खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ । खानेपानी गुरु योजना निर्माण गर्ने र पाँच वर्षमा सबै घरमा खानेपानीको सहज पहुँच पु¥याउने निर्णय गरिएको अध्यक्ष रोकायाले बताउनुभयो । 

सो गाउँपालिकाले कृषि खेतीलाई आधुनिक र व्यावसायिक बनाइ प्रत्येक घरमा अनिवार्य करेसाबारी निर्माण, दैनिक हरियो साग प्रयोग गर्ने नीति अघि सार्नुका साथै एक हल गोरु, एक दुहुनो गाई वा भँैसी र बाख्रापालन व्यवसायलाई अनिवार्य गर्ने निर्णय गरेको छ । भेलाले एक गाउँ एक सहकारी र सामाजिक सुरक्षा भत्तालाई बैँकिङ सेवामार्फत वितरण गर्ने नीति अघि सारेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो