भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधित"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका युवाहरुलाई स्वरोजगार बनाउन बिनाधितो ऋण

१५ भाद्र २०७४, बिहीबार ०९:२४

भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । 

बेराजगार युवाका लागि नागरिकता र शैक्षिक प्रमाण पत्रका आधारमा धितो बीउ पुँजी दिएर प्रत्येक वडामा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । उहाँले ‘आफ्नै व्यवसाय आफै रोजगार’ नाराका साथ युवालाई सहकारीमार्फत ऋण उपलब्ध गराउने बताउनुभयो । 

गाउँपालिकामा रहेका सहकारीमार्फत युवा स्वरोजगारका लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । विदेशमा गई काम गर्नुभन्दा गाउँमै ऋण लिएर व्यवसाय गर्न युवालाई परिचालन गर्न गाउँपालिका लागिपरेको रोकाया बताउनुहुन्छ । स्थानीय उत्पादन, शिक्षा, स्वास्थ्य र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिने उहाँको भनाइ छ । 

“सम्पूर्ण काम विद्युतीय मेसिनबाट गर्ने योजना बनाएका छौँ,” रोकायाले भन्नुभयो । गौमूल गाउँपालिकाले ‘आत्मनिर्भर जनता गौमूल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी, पर्यटन, प्रवद्र्धन र कृषिजन्य व्यापार’ नारा अघि सारेको छ । 

शैक्षिक पाश्र्व चित्र निर्माण गर्ने, विद्यालय समायोजना गर्ने, १५ श्ययाको अस्पताल निर्माण, प्रत्येक महिला स्वास्थ्य स्वयम्सेविकालाई एसएमएस रिपोटिङका लागि मोबाइल र मासिक रिचार्ज खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ । खानेपानी गुरु योजना निर्माण गर्ने र पाँच वर्षमा सबै घरमा खानेपानीको सहज पहुँच पु¥याउने निर्णय गरिएको अध्यक्ष रोकायाले बताउनुभयो । 

सो गाउँपालिकाले कृषि खेतीलाई आधुनिक र व्यावसायिक बनाइ प्रत्येक घरमा अनिवार्य करेसाबारी निर्माण, दैनिक हरियो साग प्रयोग गर्ने नीति अघि सार्नुका साथै एक हल गोरु, एक दुहुनो गाई वा भँैसी र बाख्रापालन व्यवसायलाई अनिवार्य गर्ने निर्णय गरेको छ । भेलाले एक गाउँ एक सहकारी र सामाजिक सुरक्षा भत्तालाई बैँकिङ सेवामार्फत वितरण गर्ने नीति अघि सारेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ