२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माण्डवी गाउँपालिकाको प्रथम गाउँसभा सुरु, झन्डै २४ करोड बजेट प्रस्तुत

२०७४, १६ भाद्र शुक्रबार १२:४३

सागर शर्मा/भदौ १६, प्युठान । माण्डवी गाउँपालिकाको प्रथम गाउँसभा आजदेखि शुरु भएको छ । 

गाउँपालिकाका अध्यक्ष श्रीधरको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आाचार्यले गर्नुभएको हो ।

झिमरुक एकीकृत विकास केन्द्र नयाँगाउँ दारिमचौरमा भएको सभामा अध्यक्ष रोकाले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष मुगा पुनमगरले प्रस्तुत गर्नुभएको थियो । उहाँले २३ करोड ६७ लाख ४१ हजार ७ सय १८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

उक्त बजेटमा आर्थिक विकास तर्फ ५७ लाख ५९ हजार, सामाजिक विकास तर्फ २ करोड ७२ लाख ५६ हजार, पुर्वाधार तर्फ ३ करोड ५५ लाख ५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ६० लाख १२ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड १३ लाख ८४ हजार २ सय १ रुपैयाँ रहेको माण्डवी गाउँपालिकाका नायव सुब्बा ज्योतिप्रकाश पौडेलले जानकारी दिनुभयो । सभा भोलिसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न