भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको द"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

२०७४, १८ भाद्र आईतवार ११:३३

भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु २०० करोडसम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपालिकालाई समेत छनोट गरिएको थियो । विश्व बैंकले लगानी गर्ने भएपछि उर्लाबारी नगरपालिकाले नगरभित्रका विभिन्न २० वटा योजना प्रस्ताव गरेको छ । 

नगरपालिकाले प्रस्ताव गरेका योजनामा विस्तृत अध्ययन गरेर परामर्शदाताले उत्कृष्ट तीन वटा योजनालाई अन्तिम रुप दिनेछ । अन्तिम रुप दिइएका दीर्घकालीन र नगरको रणनीतिक महत्व बोकेका तीन वटा योजनामा विश्व बैंकले लगानी गर्नेछ । स्रोतका अनुसार विश्व बैंकले लगानी गर्ने योजना न्यूनतम रु २० करोडभन्दा माथिका हुनेछन् । उर्लाबारी नगरपालिकाले बर्षाको समयमा जम्मा हुने सतहको पानीलाई पूर्वमा मावा र पश्चिममा सुनझोडा खोलामा खसाल्नुपर्ने, पूर्व–पश्चिम राजमार्गदेखि दुई किमी उत्तर–दक्षिण बक्राह र मावा खोलामा तटबन्ध गर्नुपर्ने, उर्लाबारीका नौवटै वडालाई छुने गरी रिङरोड निर्माण गर्नुपर्ने, राजघाट, बक्राह, रातेहोली समेतलाई जोड्ने गरी सिँचाइको व्यवस्था, सुनझोडा चन्दने हुँदै सिक्टी मार्ग जोड्ने पुल निर्माण, आधुनिकस्तरको ल्याण्डफिल्ड साइटको व्यवस्था, बक्राह, तेली र बाहुनी खोलामा पुल निर्माणसहित २० वटा योजना पेश गरेको छ । 

साथै सिमाना बस्तीदेखि मधुमल्ला रोडमा ढल निकास, उर्लाबारी– ३ सालबारीमा रंगशाला निर्माण, कृषि बजार तथा कोल्ड स्टोरेज निर्माण गर्न पनि प्रस्ताव पेश गरेको छ । यिनै योजनामध्येबाट उत्कृष्ट तीन वटा योजना छनोट गरी यसै वर्षभित्र डिपीआर तयार गर्नेगरी काम भइरहेको प्रमुख परामर्शदाता अजयचन्द्र लालले जानकारी दिनुभयो । डिपीआर तयार गरी शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आगामी आर्थिक वर्षदेखि योजना निर्माणको काम शुरु हुने उहाँले बताउनुभयो । विश्व बैंकले उर्लाबारीसँगै मोरङको सुन्दरहरैँचा तथा झापाका दमक र विर्तामोडमा पनि लगानी गर्ने भएको छ । रासस(फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते