भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको द"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व बैंकले उर्लाबारीमा दुई सय करोड लगानी गर्ने

१८ भाद्र २०७४, आईतवार ११:३३

भदौ १८, उर्लाबारी (मोरङ)। विश्व बैंकले उर्लाबारी नगरपालिकामा करिब २०० करोड लगानी गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा रु २०० करोडसम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना शहरका रुपमा विकास गर्ने योजनाअन्तर्गत उर्लाबारी नगरपालिकालाई समेत छनोट गरिएको थियो । विश्व बैंकले लगानी गर्ने भएपछि उर्लाबारी नगरपालिकाले नगरभित्रका विभिन्न २० वटा योजना प्रस्ताव गरेको छ । 

नगरपालिकाले प्रस्ताव गरेका योजनामा विस्तृत अध्ययन गरेर परामर्शदाताले उत्कृष्ट तीन वटा योजनालाई अन्तिम रुप दिनेछ । अन्तिम रुप दिइएका दीर्घकालीन र नगरको रणनीतिक महत्व बोकेका तीन वटा योजनामा विश्व बैंकले लगानी गर्नेछ । स्रोतका अनुसार विश्व बैंकले लगानी गर्ने योजना न्यूनतम रु २० करोडभन्दा माथिका हुनेछन् । उर्लाबारी नगरपालिकाले बर्षाको समयमा जम्मा हुने सतहको पानीलाई पूर्वमा मावा र पश्चिममा सुनझोडा खोलामा खसाल्नुपर्ने, पूर्व–पश्चिम राजमार्गदेखि दुई किमी उत्तर–दक्षिण बक्राह र मावा खोलामा तटबन्ध गर्नुपर्ने, उर्लाबारीका नौवटै वडालाई छुने गरी रिङरोड निर्माण गर्नुपर्ने, राजघाट, बक्राह, रातेहोली समेतलाई जोड्ने गरी सिँचाइको व्यवस्था, सुनझोडा चन्दने हुँदै सिक्टी मार्ग जोड्ने पुल निर्माण, आधुनिकस्तरको ल्याण्डफिल्ड साइटको व्यवस्था, बक्राह, तेली र बाहुनी खोलामा पुल निर्माणसहित २० वटा योजना पेश गरेको छ । 

साथै सिमाना बस्तीदेखि मधुमल्ला रोडमा ढल निकास, उर्लाबारी– ३ सालबारीमा रंगशाला निर्माण, कृषि बजार तथा कोल्ड स्टोरेज निर्माण गर्न पनि प्रस्ताव पेश गरेको छ । यिनै योजनामध्येबाट उत्कृष्ट तीन वटा योजना छनोट गरी यसै वर्षभित्र डिपीआर तयार गर्नेगरी काम भइरहेको प्रमुख परामर्शदाता अजयचन्द्र लालले जानकारी दिनुभयो । डिपीआर तयार गरी शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आगामी आर्थिक वर्षदेखि योजना निर्माणको काम शुरु हुने उहाँले बताउनुभयो । विश्व बैंकले उर्लाबारीसँगै मोरङको सुन्दरहरैँचा तथा झापाका दमक र विर्तामोडमा पनि लगानी गर्ने भएको छ । रासस(फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ