भदौ २०, म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । 

आव "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । 

आव "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको तातोपानी कुण्डबाट विद्यालयलाई रु १८ लाख सहयोग

२० भाद्र २०७४, मंगलवार ०८:५९

भदौ २०, म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । 

आव २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको रु १७ लाख ७४ हजार सहयोग गरेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । 

प्रावि तहको स्वीकृत दरबन्दी रहेको सो विद्यालयमा कार्यरत कक्षा ६ देखि १० सम्मका शिक्षकको तलब रकम कुण्डले नै व्यहोर्दै आएको आएको विद्यालयका प्रअ सुरथ बानियाँले बताउनुभयो । गत आवमा कुण्डले विद्यालयमा भवन निर्माणमा समेत थप रु छ लाख उपलब्ध गराएको थियो । 

कुण्डमा स्नान गर्न आउनेबाट लिइने शुल्कबाट हुने आम्दानीलाई समितिले तातोपानी क्षेत्रको सामाजिक तथा भौतिक पूर्वाधार विकासमा परिचालन गर्दै आएको छ । गत आवमा कुण्डले रु आठ लाख तल्लो बजारमा नाली निर्माण योजनामा सहयोग गरेको थियो । 

रु २०० शुल्कमा ११ दिनसम्म नियमित रुपमा तातोपानीको कुण्डमा स्नान गर्न सकिने व्यवस्था मिलाएको समितिलाई विभिन्न ठाउँबाट आएका बिरामीले आफ्नो रोग निको भएको खुशीयालीमा थप चन्दासमेत दिने गरेका छन् । गत आवमा आएका १६ हजार बिरामीबाट लिइएको प्रवेश शुल्कबाट रु ३२ लाख र सहयोगदाताबाट थप रु १८ लाख ९७ हजार चन्दा प्राप्त भएको थियोे । 

त्यस्तै पर्यटन कार्यालय पोखराबाट प्राप्त रु नौ लाख ४१ हजार बजेटमा कुण्डले आन्तरिक स्रोतबाट बजेट थप गरी कुण्ड परिसरमा १५० जनाले एकै समयमा आराम गर्न सक्ने विश्रामस्थलसमेत निर्माण गरेको समितिका सहसचिव कुमार खत्रीले बताउनुभयो । 

कुण्डमा गत आवमा अघिल्लो वर्षको करिब रु २३ लाख तीन हजारसहित करिब रु ८८ लाख ९३ हजार आम्दानी भएकोमध्ये रु ६३ लाख ९३ हजार खर्च भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । 

जमिनभित्रबाट वीरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीमा स्नान गरेमा बाथ, चोटपटक लागेको, सुन्निने, ग्यास्ट्रिक, सर्के मर्केकोसम्बन्धी स्वास्थ्य समस्या निको हुने गरेको बताइएको छ । 

कुण्डले यसअघि स्थानीय स्वास्थ्य चौकी निर्माणका लागि रु १८ लाख ५० हजार बराबरको जग्गा खरिद गरी उपलब्ध गराएको तथा प्रहरी चौकीको भवन निर्माणार्थ जग्गा खरिदमा रु चार लाख २५ हजार सहयोग गरेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक