२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पुर्याइने

२१ भाद्र २०७४, बुधबार ०६:१४

भदौ २१, पाल्पा। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्यायाउने बताउनुभएको छ । 

मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताउनुभयो । 

नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष राणाले मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको बताउँदै स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको बताउनुभयो । 

स्वर्ण महोत्सवको अवसरमा उहाँले स्थापना कालदेखि हालसम्म पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रहेर महत्वपूर्ण योगदान पु¥याउनु हुने संस्थाका १०० भन्दा बढी पूर्व तथा वर्तमान पदाधिकारीलाई सम्मान पत्रले सम्मान गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चन्डीराज ढकालले संघले उद्योगी र व्यवसायीको हकहितमा रहेर काम गर्दै आइरहेको बताउनुभयो । 

कार्यक्रम शुरु हुनुपूर्व मंगलबार बिहान झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव यादवसिंह कार्कीले गर्नुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…