३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाइ नहर मर्मतपछि सिँचाइ सुचारु

२१ भाद्र २०७४, बुधबार ०८:३०

भदौ २१, विराटनगर। सुनसरी मोरङ सिँचाइ आयोजनाको मूलनहरमा मर्मत गरिएपछि आजबाट सिँचाइ पूर्ववत् रुपमा सुचारु भएको छ । 

साउन २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले मूलनहरको विभिन्न ठाउँ तथा शाखा नहरमा क्षति पु¥याएको थियो । मूलनहरमा क्षति पु¥याएको पाँच ठाउँमा र विभिन्न शाखा नहरमा मर्मत गरी आजबाट पानी छोडिएको सो आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयो । 

सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ गरिँदै आएको सो मूलनहरको चतरादेखि मोरङसम्मको दुरी ५३ किलोमिटर पर्दछ । बाढीका कारण ४२ किलोमिटर क्षेत्र लोहन्द्रा साइफनमा क्षति पुगेको छ । साइफनमा क्षति पुगेपछि विभिन्न शाखामा पानी छोड्ने अवस्था छ्रैन् । मर्मतमा बढी समय लाग्ने भएकाले वैकल्पिक व्यवस्था गरेर सिँचाइ सुविधा प्रदान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । 

“खोलाको पानीलाई शाखा नहरमा छिराएर सिँचाइ सुचारु गरेका छौँ,” उहाँले भन्नुभयो । मूलनहरको झुम्कामा तीन ठाउँ, खनार र पर्सेनीस्थित नेता चौकमा एक÷एक ठाउँमा मर्मत गरिएको छ । विभिन्न शाखा मर्मत गरी खोलाको पानीलाई नहरबाट बग्ने व्यवस्था मिलाएर सिँचाइको सुविधा पु¥याइएको छ । 

आपातकालीन मर्मतमा रु एक करोड खर्च भएको छ । नहर मर्मतको काम जारी रहेको र किसानको आवश्यकताअनुरुप पानी छोडिएको आयोजनाले जनाएको छ । तत्काल ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । विराटनगर, शङ्करपुर, सुक्सेना शाखा र हरिनगरा शाखाको तल्लो भागमा क्षति भएकाले आधा भागसम्म मात्र सिँचाइ पुग्ने बताइएको छ । रामधुनी सिघिँया, विश्रामपुर, झुम्का, रामगञ्ज, सीतागञ्ज, वरियातिलगायतका शाखामा सिँचाइ सुविधा सुचारु भएको छ । सो नहरमा रु ८५ करोडभन्दा बढी क्षति पुगेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक