२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पिच गरेको ३ बर्ष नपुग्दै जयपृथ्वी राजमार्गको बेहाल, यात्रुलाई सास्ती

२०७४, २१ भाद्र बुधबार १०:०२

सम्राट सिंह/भदौ २१, बझाङ । सूदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङको जयपृथ्वी राजमार्ग अन्र्तगत बागथला देखि चैनपुरसम्म निर्माण गरिएको वटासिल पिच ३ बर्ष नपुग्दै उप्किएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा निर्माण गरिएको यस सडकको अवस्था ३ बर्ष नपुग्दै वटासिल उप्किएपछि सडक काम नलाग्ने भएको हो । 


सडक निर्माणको जिम्मा बागथला देखी झोता सम्म लुम्बीनी र लोहनी निमार्ण सेवा, झोता देखि तमैल सम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी र तमैल देखी भोपुर सम्म लामा र गोल्डेन गुड निमार्ण कम्पनीले लिएका थिए । 

जयपृथ्वी बहादुर सिंह मार्गको योजना कार्यालयले वटासिल गर्ने काम सम्पन गरी गत जेठको अन्त्यतिर मात्र सडक विभागलाई हस्तान्तरण गरेको  यो सडकको निर्माण कार्य नसकिदै उप्किन थालिसकेको थियो । राज्यको ठूलो लगानीमा निर्माण गरिएको यस सडकको सेकु, रायलको देउरा, नारुगाड,कचालीखोला, मटेलाको बगडगांउ, तमेलको जालेबगर, लगायतका ठांउमा सामान्य पानी पर्दा पनि पहिरो आउने र सडक भासिन थाले पछि यात्रुहरुले सास्ती भोग्नु परेको छ । 

तिन वर्ष अघि देखि सुरु गरीएको बागथला देखी चैनपुर सम्मको ५० किलोमिटर सडकको प्राय जसो पिच उप्की सकेको छ । वटासिल प्रविधिमा आधारित यस सडकको  कालोपत्रे गर्ने काम गुणस्तरहिन भएका कारण छिटो विग्रिएको जयपृथ्वी नगरपालिका ७ घर भएका टेक बहादुर बोहराले बताए ।

सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण सडकको अवस्था बेहाल भएको उनको भनाइ छ ।’

बझाङलाई अन्य जिल्ला संग जोड्ने एक मात्र माध्यम जयपृथ्वी राजमार्ग असार महिना यता मात्र २७ पटक अवरुद्ध भैसकेको छ । सबै भन्दा लामो अवधी असार २५ गते देखी साउन ९ गते सम्म १५ दिन अवरुद्ध भएको यो राजमार्ग दुइ महिनाको अवधीमा सबै गरेर ३३ दिन बन्द भएको प्रहरीको रेर्कड छ ।  

वर्खा र हिउंद याममा पानी परे पछि बाटो अवरुद्ध हुनु, औषधि र उपभोग्य सामानको अभाव हुने गरेको तथा उपचार गर्न जिल्ला बाहिर जान लागेका विरामी समयमै अस्पताल पुग्न नसकेर कतिपय बिरामीले ज्यान गुमाइसकेका छन । 

८ घण्टाको गाडीको यात्रामा सजिलै चैनपुरबाट धनगढी सम्म पुग्न सकिन्थ्यो, अहिले विभिन्न ठांउमा बाटो विग्रेका कारण चैनपुर बाट छुटेको गाडी धनगढी सम्म पुग्न ३ दिन सम्म पनि लाग्ने गरेको यातायात व्यवसायीहरु बताउँछन । 

यस विचमा यात्रुले भोग्नु पर्ने कष्ट र हैरानीको बयान गरी साध्य हुदैन । 

चिनको तिब्बत संग जोडिदै गरेको यो सडक अन्र्तराष्ट्रिय राजमार्ग पनि हो । ‘बर्खाको बेलामा पहिलो पटक यो बाटोमा यात्रा गर्नेहरु अर्काे पटक बझाङ आउन डराउछन । प्रायजसो मानिसहरुले आफन्तहरुलाइ बर्खामा सकेसम्म यो वाटो यात्रा नगर्न सुझाव दिने गरेका छन । भन्न लाई राजमार्ग भने पनि बझाङको लागी त यो लाजमार्ग भएको स्थानियहरु भनाइ छ ।

पानी परेको बेला मात्र होइन सुख्खा मौसममा पनि यहो सडकको यात्रा सहज छैन । कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई  हस्तान्तरण नर्गदै धेरै ठांउमा कालोपत्रे उप्केर कच्ची जस्तै भैसकेको छ । 

‘हिउंदमा पनि सडकमा खाल्टा परेर यात्रा गर्नै नसकिने भैसकेको छ’ एक जना जिप चालक सन्तोस धामीले भने ‘बाटो राम्रो नभएका कारण ठांउ ठांउमा गाडी विग्रने हुन्छ । यो वाटोमा चल्ने नयां गाडीहरु पनि छिटो छिटो विग्रन्छन’ खाल्डाखुल्टीका कारण गाडीको पट्टा भांचिने, पानि पसेर हर्नले काम नगर्ने र इन्जिनले चांडै काम गर्न छोड्ने गरेको उनले बताए । 

बाटोका कारण ठांउठांउमा गाडी विग्रर्दा यात्रुले भनेको समयमा तोकिएको गन्तव्यमा पुग्न ढिलाई हुने गरेको, कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले विरामीहरुलाई यात्रा गर्न निकै दुख हुने गरेको एक जना यात्रु मकरराज धामीले बताए । 

उनले भने ‘बागथला देखी चैनपुर पुग्दा सम्म गाडी हल्लीएर सद्धे मान्छे पनि विरामी जस्तै भैसक्छ । पिच सकिएको एक वर्ष नपुग्दै पुरै बाटो कच्ची भन्दा पनि खतम भैसकेको छ’

उनि भन्छन ‘राजमार्ग संग जोडेर शाखा सडक निमार्ण गर्दा यसले पार्ने असरको बारेमा सडक डिभिजन संग सल्लाह गरे पछि मात्र निमार्ण गर्नु पर्ने हो । यहां त्यसो हुदैन । 

यति सम्म की शाखा सड्क निमार्ण गर्दा राजमार्गमा थुप्रिएको माटो पन्छाउन पनि सम्बन्धीत पक्षले ध्यान दिएको छैन’ शाखा सडकले राजमार्गलाई पारेको असरबारे गम्भिर हुन र समस्या समाधान गर्नका लागी आफुले जिल्ला समन्वय समितिलाई पत्राचार गरेको भए पनि यस विषयलाई हल्का रुपमा लिने गरेको उनले बताए । 

प्रत्येक वर्ष सडकका कारण समस्या उत्पन्न हुने गरेको भए पनि सडक सुधारको लागी कसैले ध्यान नदिएको बझाङीहरुको गुनासो छ । एक स्थानिय सुवास कठायत भन्छन ‘सांसद, नेता देखी यहांका जिम्मेवार कर्मचारीहरु यहि बाटोमा ओहोर दोहोर गर्छन । बाटो कै कारण मानिसहरु मरेको देख्दा देख्दै पनि सडक सुधारमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न