ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र ह"/>
२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिब्बतमा नेपाली हस्तकलाका सामानको व्यापार बढ्दै

२०७४, २२ भाद्र बिहीबार ०९:१८

ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढ्दै गएको छ । 

हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यसलाई तिब्बतमा ‘उडेन कप’को नामले चिनिन्छ । यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ र लामा जातिको पुख्र्यौली पेशा बन्दै आएको व्यापारी कल्पना तामाङ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “एक फुरुको रु पाँच हजारदेखि रु १५ हजारसम्म मूल्य पाइन्छ ।” कृषि पेशा गर्न पर्याप्त जमिन नहुँदा फुरुकै आम्दानीले जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका अधिकांश व्यापारी अहिले ताक्लाकोटमा पसल खोलेर बसेका छन् । 

ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान, फुरु, गलैँचा, जडीबुटीलगायत सामान बिक्री गर्दैआएका छन् । उनीहरुले चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका छन् । 

“पहिला त्यति सजिलैसँग फुरु बिक्री हुँदैनथ्यो, ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको हो,” नेपाल–चीन उद्योग व्यापार सङ्घका सचिव मैहिमान तामाङले भन्नुभयो । उहाँले वार्षिक करोडौँको फुरु बिक्री हुने गरेको बताउनुभयो । 

बझाङबाट यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको काँडा गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । 


ताक्लाकोटबाट तिब्बती ब्राण्डको मदिरा आयात हुने गरेको छ । सोही मात्रामा लत्ताकपडा र दैनिक उपभोग्य सामान तिब्बतको उरैभञ्ज्याङ नाका भएर भित्रिने गरेको छ । काँडा गाउँपालिकाका अधिकांश बासिन्दाले ताक्लाकोटबाटै कारोबार गर्ने गरेका अध्यक्ष धामी बताउनुहुन्छ । बझाङ, दार्चुला र मुगुबाट होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोटलगायत बजारमा बिक्री गर्दै आएका व्यापारी पासाङ लामाले बताउनुभयो । 

नेपाल सरकारले कृषि र पशुजन्य उत्पादनलाई ताक्लाकोटमा सहज पहुँचका लागि पहल गरिदिए सीमावर्ती जिल्लाका बासिन्दा आर्थिक रुपमा समृद्ध हुने लामाको भनाइ छ । तिब्बतमा चुरोट, रक्सी र गुट्खाजस्ता सामान सजिलै निर्यात गर्न दिए पनि तरकारीमा कडाइ गर्ने गरिएको छ । 

ताक्लाकोट नजिकै हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर रहेको छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ । हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्जाङ नाका भएर वर्षेनी अर्बाको आर्थिक कारोबार हुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु