२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

२०७४, २५ भाद्र आईतवार ०८:२८

भदौ २५, नुवाकोट | अबको महिना दिनदेखि ६ महिनाभित्रमा नुवाकोटको थप तीन गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ । 

सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ्चित कोषको रकम निकासा पठाउन थालेको छ । तर स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम तथा सम्बन्धित स्थानीय तहबाट नजिक पर्ने बैंकबाट खाता सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । 

७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ स्थानीय तहमा मात्र बैंकका शाखा स्थापना भएका छन् । बाँकी ४१२ तहमध्ये पहिलो चरणमा २४४ स्थानीय तहमा बैंकको शाखा खोल्न वाणिज्य बैंकहरु सहमत भई कुन बैकले कहाँ शाखा खोल्ने निक्र्यौल भइसकेको छ । 

यसैबीच नुवाकोट जिल्लाका ३ स्थानीय तहमा यी बैंकको शाखा खुल्ने भएका छन्:- 

एभरेष्ट बैंक – दुप्चेश्वर गाउँपालिका 

नेपाल इन्भेष्टमेन्ट बैंक – सुर्यगढी गाउँपालिका 

नेपाल एसबीआई बैंक – पन्चकन्या गाउँपालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते