३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको बजेट ३९ करोड ४४ लाख

२८ भाद्र २०७४, बुधबार ०९:१६

इमरान खान। भादौ २८, कपिलवस्तु। कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकाको प्रथम गाउँ सभा तथा परिषद लवनिमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि कुल बजेट रकम ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ ।


सो मध्ये पुजिगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ ६ करोड १८ लाख ७८ हजार ३ सय ९१ रुपैयाँ बराबरको रकम विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उक्त बजेट गाउँ सभामा प्रस्तुत तथा पारित गरेका हुन ।

साथै गाउँपालिकाको कार्य सम्पादनलार्ई पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास जस्ता नीति तथा कार्यक्रमसमेत पारित गरेको समेत खांले बताए । लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम पारित भएका छन । कार्यालय व्यवस्थापनको जग्गाको छनौट, खुल्ला दिसामुक्त गाउँपालिका घोषणा जस्ता कार्यहरु तय भएको उपाध्यक्ष सुधादेवी पाण्डेयले बताइन ।

गाउंपालिकाका अध्यक्ष निसार अहमद खांको अध्यक्षता वडासचिव इश्वरी प्रसाद न्यौपानेको संचालन र वडा अध्यक्ष मनोज यादवको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठन देखि हालसम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत अन्नतपाणी मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ