इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बजेट रकम ६४ करोड २२ लाख

२८ भाद्र २०७४, बुधबार ०९:२०

इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि बजेट रकम ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ । जसमध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ १५ करोड ४१ लाख ८५ हजार वरावरको रकम विनियोजन गरेको छ । 

नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त बजेट नगर सभामा प्रस्तुत तथा पारित गरेका हुन् । साथै नगरपालिकामा नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने जस्ता नीति तथा कार्यक्रम समेते बुद्धभूमि नगरपालिकाले पारित गरेको श्रेष्ठले बताए । लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम समेते बुद्धभूमि नगरपालिकाले पारित गरेको छ । 

नगर विकासका लागि अन्य गैरसरकारी तथा निजि क्षेत्रसँग सहकार्य गर्ने र आम जनताको विकास तथा आयस्तरमा सुधार ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जस्ता नीति तथा कार्यक्रम बनाइएको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी गराए । नगर प्रमुख केशव कुमार श्रेष्ठ अध्यक्षता लेखा अधिकृत रामचन्द्र मरासिनी र नगर उपप्रमुख मिरा थारुको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठनदेखि हालसम्म गरेका कार्य तथा आय व्ययको बारेमा कार्यकारी अधिकृत प्रविण पौडेलले प्रगती प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ