इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४"/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बजेट रकम ६४ करोड २२ लाख

२०७४, २८ भाद्र बुधबार ०९:२०

इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि बजेट रकम ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ । जसमध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ विनियोजन गरेको छ भने चालु तर्फ १५ करोड ४१ लाख ८५ हजार वरावरको रकम विनियोजन गरेको छ । 

नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त बजेट नगर सभामा प्रस्तुत तथा पारित गरेका हुन् । साथै नगरपालिकामा नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राही मैत्री तुल्याउने व्यवस्थापकीय क्षमता अभिबृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने जस्ता नीति तथा कार्यक्रम समेते बुद्धभूमि नगरपालिकाले पारित गरेको श्रेष्ठले बताए । लक्षित वर्ग, महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम समेते बुद्धभूमि नगरपालिकाले पारित गरेको छ । 

नगर विकासका लागि अन्य गैरसरकारी तथा निजि क्षेत्रसँग सहकार्य गर्ने र आम जनताको विकास तथा आयस्तरमा सुधार ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जस्ता नीति तथा कार्यक्रम बनाइएको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी गराए । नगर प्रमुख केशव कुमार श्रेष्ठ अध्यक्षता लेखा अधिकृत रामचन्द्र मरासिनी र नगर उपप्रमुख मिरा थारुको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठनदेखि हालसम्म गरेका कार्य तथा आय व्ययको बारेमा कार्यकारी अधिकृत प्रविण पौडेलले प्रगती प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ