२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु

२०७४, ३ आश्विन मंगलवार ०७:४७

असोज ३, मोरंग। विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु गरिएको छ । 

महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा यही असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने सो अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रहनुभएको छ । 

त्यसगरी सो अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इप्रका रानीका प्रमुख छन् । 

महानगरप्रमुख पराजुलीले विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले अपराधका ४१ क्षेत्र छनोट गरी छ समूह गठन गरी तिनका पनि संयोजक तोकिएको जानकारी दिनुभयो । 

सोअनुसार चोरीसँग सम्बन्धित विषयका संयोजकमा प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइराला तथा सार्वजनिक स्थानमा दुव्र्यव्यहार, यौनजन्य गतिविधि, बालबालिका र साइबर अपराध विषयका संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत रहनुभएको छ । 

गुण्डागर्दी, चन्दा असुली, लागुऔषध दुव्र्यसन, कारोबार र वैदेशिक रोजगारमा हुने ठगी अपराध नियन्त्रणका लागि नगर प्रहरी कार्यालयका प्रमुखलाई संयोजकमा तोकिएको छ । सवारीसाधनमा भाडा ठगी, खाद्य पदार्थमा मिसावट, कालोबजारी, कृत्रिम अभाव, सरकारी कार्यालयमा हुने दलाली, अस्पतालमा हुने ठगी र मानवीय अंग बेचबिखन विषयका संयोजकमा सहायक प्रजिअ शेषनारायण पौडेल हुनुहुन्छ । ट्राफिक व्यवस्थापनसम्बन्धी संयोजकमा जिल्ला ट्राफिक कार्यालयका प्रमुखलाई तोकिएको छ । 

महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा सडकको नाला, फोहोरमैला, सडक तथा हटियाको व्यवस्थापन र खाल्डाखुल्डी पर्नेलगायत विषय 

राखिएको छ । सो अभियानको सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहने बताइएको छ । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते