2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी

रमेश लम्साल। असोज ३, काठमाडौँ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ । 

सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो । 

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । 

विद्युत् गृहमा पानी ल्याउने सुरुङमध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो सुरुङ ३२२ मिटर लामो छ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “विश्वकर्मा पूजाको दिन नै हामीले सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङ निर्माण सम्पन्न गरेका छाँै, ३१ भदौ आयोजानको लागि महत्वपूर्ण दिन सावित भएको छ । सो कार्य सम्पन्न भएपछि ‘भर्टिकल स्टिल लाइनिङ’ जडानका लागि समेत मार्ग प्रशस्त भएको छ ।” 

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको आयोजनाको काममा दैनिकजसो प्रगति भइरहेको उहाँको भनाइ छ । आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । 

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको कार्यप्रगति दैनिक जसो राम्रो अवस्थामा रहेको र तोकिएको समयमा पूरा गराउन आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । आयोजनाको काम तीव्र रुपमा अगाडि बढेपनि प्रसारण लाइन र सव स्टेशन निर्माण कार्यले गतिलिन नसक्दा विद्युत् खेर जाने आशंकाले आयोजना र नेपाल विद्युत् प्राधिकरणलाई नराम्ररी सताएको उहाँको भनाइ छ । 

माथिल्लो खिम्ती सव स्टेशनको काम जग्गा प्राप्तिको समस्याले अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिको विषयलाई समाधान गर्न पहल भइरहेको आयोजनाले जनाएको छ । 

रोल्वालिङको अनुमतिपत्र प्राप्त 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको अनुमतिपत्र पाएको छ । विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र गत भदौ २५ गते आयोजनालाई हस्तान्तरण गरेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । 

माथिल्लो तामाकोशी आयोजनामै रोल्वालिङ खोलाको पानी मिसाउन यसअघि अध्ययन गरिए पनि नयाँ आयोजना बनाउँदा थप राम्रो हुने निष्कर्षका साथ आयोजनाको अनुमतिपत्र दिइएको हो । तामाकोशीको जलाशय रहेको स्थानभन्दा करिब २५० मिटरमाथि रोल्वालिङ खोलाको पानी प्रयोग गरेर २२ मेगावाट विद्युत् उत्पादन गरिने र सो पानी तामाकोशीको जलाशयमा नै खसालिनेछ । 

सो आयोजनाबाट वार्षिक करिब १६ करोड युनिट विद्युत् थप उत्पादन हुने अध्ययनबाट पत्ता लागेको छ । बालुवा थिग्ग्रयाउने मेसिन र विद्युत् गृह निर्माण गर्दा थप विद्युत् प्राप्त हुन्छ । सहज रुपमा निर्माण हुने भएकाले सो आयोजनालाई आर्कषक आयोजनाको रुपमा लिइएको छ । 

डाइभर्सनका लागि हालसम्म भएको अध्ययनअनुसार करिब सात किलोमिटर सुरुङ बनाउनुपर्ने छ । त्यसको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार भइसकेकोे छ । “आयोजनाको लागत तय गर्ने काम भइरहेको छ, बल्ल अनुमतिपत्र प्राप्त भयो, हामी सबै पक्षसँग छलफल गरेर लगानी जुटाउँछाँै,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनाको प्रगतिसँग नयाँ परियोजनाको पनि अनुमतिपत्र प्राप्त हुनु थप खुसीको विषय भएको बताउनुभयो । आयोजनाले कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष लगायतलाई लगानीका लागि आग्रह गर्ने तयारी गरेको छ । ती संस्थाले माथिल्लो तामाकोशीमा लगानी गरेका छन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकटमा रहेकाले त्यहाँसम्म पुग्न भौगोलिक जटिलता छ । 

केवलकार निर्माणको तयारी 

दोलखाको छेतछेतदेखि साविकको गौरीशंकर गाविसको रिखु गाउँसम्म करिब दुई किलोमिटर लामो केवलकार निर्माणको तयारी गरिएको छ । 

केवलकारबाटै निर्माण सामग्रीलगायत ढुवानीको योजना बनाएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाका लागि केवलकार निर्माण गर्न लागिएको यो नै पहिलो पटक हो । 

स्थानीय सहकारीमार्फत साधारण शेयर बाँडिने 

आयोजनाले दोलखा जिल्लावासीलाई प्रदान गर्ने साधारण शेयरका लागि स्थानीय सहकारी संस्था तथा अन्य वित्तीय संस्था परिचालन गर्ने नीति लिएको छ । 

आयोजनाले केही समयभित्रै स्थानीयवासीका लागि साधारण शेयर दिने र आगामी चैतमा आम नागरिकका लागि साधारण शेयर जारी गर्ने तयारी गरेको छ । यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई साधारण शेयर दिइसकिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई