२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठानमा बजार अनुगमन, १३ प्रकारको म्याद नाघेको सामाग्री बरामत

२०७४, ५ आश्विन बिहीबार १२:००

सागर रिजाल। असोज ५, प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले आज खलंगामा बजार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य तथा किराना पसलमा अनुगमन गरिएको हो ।


अनुगमन बाट विभिन्न पसलमा ५३ प्याकेट विस्कुट, काजु १५ प्याकेट, सर्बोत्तम पिठो ५ प्याकेट लगायत १३ प्रकारको म्याद नाघेको सामाग्री बरामत गरिएको छ । निरन्तर रुपमा अनुगमन गर्ने क्रममा आज खलंगा बजार अनुगमन गरेको हो ।

कोष तथा लेखा नियंन्त्रक कार्यालय प्यूठानका प्रमुख दिनेश थापाको नेतृत्वमा १९ ओटा पसलको अनुगमन गरिएको छ । अनुगमनको नेतृत्व गर्नु भएका थापाले प्यूठानी जनताको स्वाथ्यलाई कसैलेनी खेलवाड गर्न नहुने बताउनु भयो । उहाँले व्यापारीलाई उपभोक्ताको स्वास्थ्यलाई खेलवाड नगर्न र म्याद नाघेको सामाग्री उपभोक्तलाई विक्रि वितरण नगर्न अनुरोध गर्नु भएको छ ।


साथै सुर्तिजन्य पदार्थ र खाद्य पदार्थलाई फरक फरक स्थानमा राखेर विक्रि वितरण गर्न समेत अनुरोध गर्नु भयो । म्याद नाघेको सामग्रीका साथै पसलमा मुल्यसुचि, नापतौलको दुरुस्त सामग्री, दर्ता व्यावसाय तथा नविकरण, खरिद विल भएनभएको समेत चेकजाँच गरिएको छ।

बरामत गरिएको सामग्री प्रशासनको रोहबरमा जलाउने थापाले जानकारी दिनुभयो । थापा लगाएत सरोकार वला निकाय तथा पत्रकारको उपस्थितिमा अनुगमन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते