३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिडिअारसीलार्इ सबलले दियाे साेलार र मोनिटर डिस्प्ले

७ आश्विन २०७४, शनिबार ०७:१३


असोज ७ ओखलढुंगा । सबल कार्यक्रम ओखलढुंगाले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच करिब दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको हो ।


विद्युत अभावका कारण सञ्चारसेट समेत चार्ज गर्न नपाएको ठाडे प्रहरी चौकीका लागि सोलार सेट र जिल्ला प्रशासन कार्यालयको सुचना व्यवस्थापनका लागि मोनिटर डिस्प्ले हस्तान्तरण गरिएको सबल कार्यक्रमका बरिष्ठ जिल्ला संयोजक इन्द्र तामाङले जानकारी दिनुभयो । विपत् पुर्व तयारीको अभ्यासमा जुट्न र सुचना प्रणालीलाई व्यवस्थापन गरेर सरकारी निकायबाट प्रवाह हुने सेवा प्रभावकारी होस् भन्ने उद्धेश्यले सहयोग गरिएको उहाँको भनाई छ । 

युएसएडको आर्थिक सहयोगमा सबलले जिल्ला दैवी प्रकोप उद्धार समितिको माग अनुसार समय समयमा विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै आएको छ । केही समय अघि पनि सबलले राहत तथा उद्धारका सामाग्री दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराएको थियो । सबलले उपलब्ध गराएका सामग्रीको उच्चतम् सदुपयोग गरेर सेवा प्रभाहलाई प्रभावकारी बनाउने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रतिवद्धता जनाउनुभयो । 

सबलले उपलब्ध गराएको सोलार ठाडे प्रहरी चौकीमा जडान गरिने भएको छ । यो सँगै सेट चार्ज गर्न सोलुखुम्बु सम्म जानुपर्ने प्रहरीको बाध्यता हट्ने भएको छ । भने ठुलो आकारको मोनिटर डिस्प्ले जिल्ला प्रशासन कार्यालयको नागरिक वडापत्र डिस्प्ले गर्नमा प्रयोग गरिने जनाईएको छ ।

सबलले ओखलढुंगामा फोर्ड नेपाल र कोशीश नेपाल मार्फत विपत् व्यवस्थापन, जिविको पार्जन, स्वास्थ्य र पोषण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ