३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा परम्परागत सीप व्यवसायको प्रवद्र्धनका लागि डेढ करोड

८ आश्विन २०७४, आईतवार ०५:४४

असोज ८, म्याग्दी। म्याग्दीमा परम्परागत सीपमा आधारित व्यवसाय प्रवद्र्धनका लागि रु डेढ करोड परिचालन भएको छ । 

गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)द्वारा सञ्चालित नेपालमा द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनामार्फत उक्त रकम परिचालन भएको हो । 

हराउँदै गएको परम्परागत सीपको संरक्षण, परिमार्जन गरी बजारमा प्रतिस्पर्धीयोग्य वस्तु उत्पादन र आयआर्जन वृद्धिका लागि परियोजनाले घुम्ती कोषमार्फत रु एक करोड ६८ लाख परिचालन गरेको डिसिआरडिसीका कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार म्याग्दी जिल्लाभर गठन भएका ५१ वटा उत्पादन समूहमा आबद्ध ९७५ घरधुरीलाई उक्त रकम सहुलियत ब्याजदरमा घुम्ती कोषका रुपमा परिचालन गरिएको हो । 

आरन, नेपाली कागज, अल्लो कपडा निर्माण, बाँसको मुढा निर्माण, स्विटर, गलबन्दी र ढाका बुनाइसम्बन्धी व्यवसाय गर्दै आएका उद्यमीहरुलाई समेटेर उत्पादन समूह गठन गरिएको छ । व्यवसाय विस्तार, औजार, कच्चा पदार्थ खरिदका लागि घुम्ती कोषबाट ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । 

अन्नपूर्ण गाउँपालिका–८ नांगीको हिमाञ्चल हाते कागज तथा हस्तकला उत्पादन समूहकी अध्यक्ष कुमारी चोचाङ्गीले गरिबी निवारण कोषबाट प्राप्त अनुदान विपन्न सदस्यलाई लगानी गरेको बताउनुभयो । कोषले पहिलो किस्ताबापत रु एक लाख ८२ हजार ६०० अनुदान उपलब्ध गराएको छ । 

उक्त समूहमा आबद्ध १८ जना महिलाले नेपाली कागजको डायरी, फाइल, सपिङ ब्याग, ल्याम्पसेट, चिठीको खाम, नेकलेस, औँठी, झुम्का, टिस्यु बक्स आदि सामग्री उत्पादन गर्दै आएका छन् । नेपाली कागजबाट भन्दा सोबाट अन्य सामग्री बनाएर बिक्री गर्दा बढी आम्दानी गर्न सकिने अध्यक्ष चोचाङ्गीले बताउनुभयो । 

कोषले उत्पादन समूहका सदस्यहरुलाई परम्परागत सीपमा आधारित व्यवसायलाई व्यावसायिक र आधुनिक बनाउनेसम्बन्धी तालीमका साथै उत्पादित सामग्री बजारीकरणका लागि प्रदर्शनीको व्यवस्था मिलाउने गरेको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ