२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य क्षेत्रको बजेट सदुपयोग हुनुपर्ने

२०७४, ९ आश्विन सोमबार ०७:२१

असोज ९, इटहरी। स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका सेवाग्राही नगरवासीको स्वास्थ्य सेवाका क्षेत्रमा उच्चस्तरीय सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य केन्द्रभन्दा एक तह माथिल्लो तहको स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त बजेट निकासा दिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । 

धरान र इटहरी उपमहानगरकाका लागि रु एक, एक करोडमा स्तरीय चिकित्सा सेवासहित सर्वसाधारण सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी उक्त रकम भौतिक पूर्वाधार निर्माण लगायतमा खर्च गर्नेगरी विनियोजन भई आएको कार्यक्रमका सम्पर्क व्यक्ति (फोकल पर्सन) राजनारायण मण्डलले जानकारी दिनुभयो । 

उहाँले उक्त रकम दुवै उपमहानगरपालिकाको खातामा जम्मा भई सकेको तर चालु आर्थिक बर्षको बजेट सार्वजनिक गर्दा त्यो बजेटको विषयमा नगर परिषदसभामा त्यस विषयलाई प्राथमिकतामा पारेको नदेखिदा कार्यक्रम हराउने खतरा बढेको कुरा उहाँले सार्वजनिक गर्नुभएको छ । 

यसअघि पनि इटहरी उपमहानगरपालिकाका लागि शहरी स्वास्थ्य कार्यक्रममार्फत रु ५० लाख विनियोजन भई आएको र त्यो रकमका विषयमा पनि अहिलेसम्म इटहरी नगरपालिकाले सार्थक काम गर्न नसकेको पाइएकाले यसपटक आएको बजेट पनि हराउने पो हो कि भन्ने खतरा देखिएको मण्डलको भनाइ छ ।  रासस

दुवै नगरपालिकाको नाममा आइसकेको बजेट नगर परिषद्सभाले त्यसको प्रयोजनका विषयमा मौन देखिनुले पनि बजेट हराउनसक्ने खतरा देखिएकाले यो विषयलाई सार्वजनिक गर्न जरुरी देखिएको र विगतमा इटहरीमा आएको रु ५० लाखसमेत प्रयोगविहीन भइरहेको समेत उहाँले गुनासो गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो