२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य क्षेत्रको बजेट सदुपयोग हुनुपर्ने

९ आश्विन २०७४, सोमबार ०७:२१

असोज ९, इटहरी। स्वास्थ्य मन्त्रालयले सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक केही उच्चस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन रु दुई करोड बजेट निकासा गरेको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका सेवाग्राही नगरवासीको स्वास्थ्य सेवाका क्षेत्रमा उच्चस्तरीय सेवा उपलब्ध गराउन प्राथमिक स्वास्थ्य केन्द्रभन्दा एक तह माथिल्लो तहको स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त बजेट निकासा दिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । 

धरान र इटहरी उपमहानगरकाका लागि रु एक, एक करोडमा स्तरीय चिकित्सा सेवासहित सर्वसाधारण सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी उक्त रकम भौतिक पूर्वाधार निर्माण लगायतमा खर्च गर्नेगरी विनियोजन भई आएको कार्यक्रमका सम्पर्क व्यक्ति (फोकल पर्सन) राजनारायण मण्डलले जानकारी दिनुभयो । 

उहाँले उक्त रकम दुवै उपमहानगरपालिकाको खातामा जम्मा भई सकेको तर चालु आर्थिक बर्षको बजेट सार्वजनिक गर्दा त्यो बजेटको विषयमा नगर परिषदसभामा त्यस विषयलाई प्राथमिकतामा पारेको नदेखिदा कार्यक्रम हराउने खतरा बढेको कुरा उहाँले सार्वजनिक गर्नुभएको छ । 

यसअघि पनि इटहरी उपमहानगरपालिकाका लागि शहरी स्वास्थ्य कार्यक्रममार्फत रु ५० लाख विनियोजन भई आएको र त्यो रकमका विषयमा पनि अहिलेसम्म इटहरी नगरपालिकाले सार्थक काम गर्न नसकेको पाइएकाले यसपटक आएको बजेट पनि हराउने पो हो कि भन्ने खतरा देखिएको मण्डलको भनाइ छ ।  रासस

दुवै नगरपालिकाको नाममा आइसकेको बजेट नगर परिषद्सभाले त्यसको प्रयोजनका विषयमा मौन देखिनुले पनि बजेट हराउनसक्ने खतरा देखिएकाले यो विषयलाई सार्वजनिक गर्न जरुरी देखिएको र विगतमा इटहरीमा आएको रु ५० लाखसमेत प्रयोगविहीन भइरहेको समेत उहाँले गुनासो गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य