२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा जंगली जैतुनको परीक्षण गरिँदै

२०७४, २४ आश्विन मंगलवार ०९:५४

असोज २४, बाजुरा । कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ । 

स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिनुभयो । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निकाल्ने काम गरिएको छ । 

यस वर्ष अनुसन्धान केन्द्रमा लगाइएको उन्नत जातको जैतुनले फल नदिएकाले स्थानीय प्रजातिकै जैतुनको फल संकलन गरेर तेल निकाल्न शुरु गरिएको भण्डारीले बताउनुभयो । 

जिल्लाका विभिन्न सामुदायिक वनमा करिब ३०० हेक्टरमा स्थानीय जातको जैतुनले फल दिने गरेको छ । जंगलको मोहोडा र दानाको आकारले केही फरक परे पनि यहाँको स्थानीय जातको जैतुनबाट करिब आठ प्रतिशतसम्म तेल निस्किने अनुसन्धान केन्द्रले जनाएको छ । हाल बजारमा जैतुनको तेल प्रतिलिटर रु दुई हजार ५०० देखि रु तीन हजारसम्ममा बिक्री भइरहेको छ । 

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जैतुन जोन कार्यान्वयन एकाइ र जैतुन विकास केन्द्रको स्थापना गरी बाजुरालाई जैतुन जोनको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । विदेशबाट बोट ल्याएर जैतुनखेती गर्न थालिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ