प्रभात सुवेदी । असोज २९, बर्दिया । 

पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २९, बर्दिया । 

पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड द"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीमा व्यावसायिकता : अवको आवश्यकता

३० आश्विन २०७४, सोमबार ०३:०६

प्रभात सुवेदी । असोज ३०, बर्दिया । 

पछिल्लो समयमा सहकारीहरु बचत तथा ऋणका क्रियाकलापहरुमा मात्रै केन्द्रित रहेको अवस्थामा अबका दिनमा सहकारीहरुले आफूलाई व्यवसायिक कार्यमा रुपान्तरण गरी सक्षम र सबल बनाउनु पर्नेमा जोड दिइएको छ ।


जिल्ला सहकारी संघको आयोजना तथा जिआइजेड क्षेत्रीय कार्यालय नेपालगञ्जको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका सहकारीहरुका लागि हिजाे ठाकुरद्वारामा आयोजित पाँच दिने सहकारी व्यावसायिक योजना तालिमको समापन कार्यक्रमा यस विषयलाई औंल्याइएको हो । 

कार्यक्रमका सुपरीवेक्षक तथा प्रशिक्षक विष्णु प्रसाद घिमिरले यो तालिमले सहभागी प्रशिक्षार्थीहरुमा झिल्को प्रदान गर्ने काम भएको र यसलाई जगाएर सल्काउने काम सहभागी सहकारी अभियान्ताहरुको भएको कुरा औंल्याउनुहुँदै सहभागीहरुको श्रवण क्षमता र सक्रियताले आफू निकै नै प्रभावित भएको बताउनुभयो । परिस्थितिले नै कहिलेकाँहि राम्रो चिज ल्याउने भएकोले यस्ता कुराहरुलाई आफूले पहिचान गर्दै ग्रहण गर्नुपर्ने सुझाव समेत वहाँले दिनुभयो । कुनै पनि सहकारी संस्था फस्टाउनका लागि भिजन, मिसन र ओब्जेक्टिभले नै मद्दत गर्ने भएकोले यी तीनै पक्षहरुको संयोजनबाट नै संस्था व्यावसायिकीकरणतर्फ अगाडि बढ्ने घिमिरेले बताउनुभयो ।

 

यसैगरी जिल्ला सहकारी संघका व्यवस्थापक तथा प्रशिक्षक माधव पोखरेलले असल योजना नै आधा सफलता भएकाले योजना नै असल भएन भने सिङ्गो संस्था नै असफल हुने कुरा बताउनुहुँदै संस्थामा लागिसकेपछि मेरो हो भनेर समय दिएर कटिवद्ध भएर लाग्न सहभागीलाई सल्लाह दिनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै जिल्ला सहकारी संघका उपाध्यक्ष तथा जिल्ला कृषि सहकारी संघका अध्यक्ष हरि बहादुर अधिकारीले सहकारीको उद्देश्य भनेको आर्थिक रुपान्तरण भएकोले यसको क्षेत्रमा गरिएको लगानीलाई खरानी हुन नदिनका लागि सबल र सक्षम भएर लाग्नका लागि सबैलाई सल्लाह दिनुहुँदै उपयुक्त योजना तयार गरेर आगामी दिनमा सहकारीलाई व्यावसायिकीकरणको पाटोमा आगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।


सहभागी सहकारी अभियान्ता मोहन थापाले तालिमबाट एक आपसमा अनुभव आदानप्रदान गर्न पाइएकोमा आगामी दिनमा योजना तयार गर्नका लागि सहयोग पुगेको बताउनुहँदै पुर्नताजगी तालिमको लागि समेत अनुरोध गर्नुभएको थियो । सहभागी प्रशिक्षार्थीहरुमध्येबाटै इन्दिरा सुवेदीले यो तलिमले कार्ययोजना निर्माणका लगि अभ्यासमा टेवा पुगेको र सबै सहकारीहरुको कार्यशैलीमा एकरुपता आउने कुरा औंल्याउनुहुँदै अबका दिनमा सहकारीहरुले सशक्त योजना निर्माण गरी नमूना कार्य गर्नुपर्ने कुरा बताउनुभयो ।

जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष गोपाल प्रसाद पौडेलको सभाध्यक्षतामा समापन कार्यक्रम सम्पन्न गरिएको हो भने तालिममा जिल्लाका विभिन्न सहकारीहरुबाट १८ जनाको सहभागीता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही