माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारमा पलास्टिकका मालाले वजार सजायो

३० आश्विन २०७४, सोमबार १५:३४


माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । सडकको किनारमा व्यापारीहरु पलास्टिकका माला लिएर व्यापार गरिरहेका छन, टाढावाट हेर्दा सजिएको मालाले वजारको मुहार नै फेरीएको छ । चाडपर्व नजिकिएसगै व्यापार भर्न आउनेहरु पनि वढि देखिन्छन । वजारमा भिडभाड रहेको हुन्छ कतिपय गाडिहरु पनि सजिएर चलेका छन । 

यसै अवशरमा कतिपय पसलहरुमा तिहारका देउसि भैलोका गितहरु गन्जिरहेका छन ।साझ पख सवैको घरमा झिलिमिलि छाएको छ ।उता तिहारमा कपडा मिठाईको व्यापार पनि वढेको छ । तिहारमा दाजुभाई टिका लगाइदिएपछि मिठाई खान दिने र कपडा दिने चलन रहेको हुदा व्यापार वढेको व्यापारिहरु वताउछन ।

फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव भएको देखिएको छ । पछिल्लो समयमा घरगाउमा समेत फुल छैन ।ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल लोपन्मुख वन्दै गएको छ । भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिएपनि अहिले फुलको विकल्पको रुपमा पलास्टिकका माला वजारमा आएका छन । सयपत्रिको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ ।गाउघरका करेसावारी तथा अन्य ठाउमा ढकमक्क फुल्ने सयपत्रि फूल अहिले दखिन छाडेको छ ।

पहिला व्यापारीहरु पनि गाउघरमा पुगेर फुलका माला ल्याउने गर्दथे तर अहिले कतै  नपाइने भएकोले पलस्टिकका माला ल्याउने गर्दछन । अहिले तिहारलाई लक्षीत गरी ब्यापारीहरुले प्लास्टीकका माला भारतबाट ल्याएका छन् । जिल्लाको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् । तिहारमा भाडाकुडा, बिभिन्न रंग,ओकर लगायतको कारोवारमा समेत बृद्धि भएको ब्यापारीहरु बताउन् । अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार बढेको हो ।अरु समयमा फाटफुट मात्र ब्यापार हुने तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा माला तथा भाडाका पसलमा निकै भीडभाड बढेको देखिन्छ । कपिलवस्तु चन्द्रौटाका व्यापारी विजय कसैधनले फुलको माग वढेपनि पाइन छोडेकाले पलास्टिकका माला ल्याएको वताए । कशौधनले भने “माग वढेपनि फुल पाइदैन त्यसैले पलास्टिकै माला खरिद गर्छौ”

वजारका थुप्रै पसलमा प्लास्टिकका माला झुन्डिएको देखिन्छ । त्यस्तै अर्का व्यवसायी दिनेश गुप्ताले  पनि तिहारका लागि प्लास्टिकको माला ल्याइ्इसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही