१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयलाई एक करोडभन्दा बढी रकम सहयोग

१५ कार्तिक २०७४, बुधबार ०७:४५

 कात्तिक १५, म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ । 

तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताउनुभयो । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । 

भवन निर्माणका लागि हङकङबाट रु १७ लाख, अमेरिकाबाट रु १० लाख २५ हजार, स्पेनबाट रु दश लाख, साविकको भकिम्ली गाविसबाट रु दश लाख सहयोग प्राप्त भएको छ । 

व्यक्तिगत रुपमा समेत रु दुई हजारदेखि रु पाँच लाख सहयोग प्राप्त भएको आर्थिक सहयोग समितिले जनाएको छ । 

स्थानीय बासिन्दाले अन्नबाली बेचेर पनि विद्यालय निर्मार्ण गर्न सहयोग गरेका छन् । भौतिक पूर्वाधारको अभावमा विद्यालयको शैक्षिक गुणस्तरमासमेत असर परेको थियो । तीन करोड लागत अनुमान गरिएको सो भवनमा स्थानीयवासीले आफ्नो घरायसी र खेतबारीको कामसमेत छाडेर निरन्तर श्रमदान समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयो । 

भवन निर्माणसँगै उच्च शिक्षाका लागि आवश्यकपर्ने पूर्वाधार विस्तार गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा दश कोठे पहिलो तला भवनको ढलान सकिएको छ । हालसम्म रु एक करोड ५० लाख खर्च भएको छ । करिब रु ५० लाख ऋण लिएर भवनको कामलाई तीव्रता दिइएको अध्यक्ष पुनले बताउनुभयो । 

उक्त भवनमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने योजना छ । निर्माणाधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग पनि प्राप्त भएको छ । 

कक्षा दशसम्म पठनपाठन हुने उक्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट