२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा खोटो विक्रीबाट लाखौं आम्दानी

२०७४, २१ कार्तिक मंगलवार १०:५५

सागर रिजाल/कात्तिक २१, प्युठान । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहले सल्लाको खोटो विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

सामुदायिक वन उपभोक्ता समुहले खोटो कम्पनीहरुसँग सम्झौता गरि खोटो विक्री गर्दै आएका छन् ।

गत आर्थिक वर्षमा १० लाख २५ हजार १ सय ६६ केजी खोटो विक्री भएको जिल्ला वन कार्यालय प्यूठानले जनाएको छ । उक्त खोटो विक्रीबाट उपभोक्ता समुहले ९५ लाख ९४ हजार ५ सय १० रुपैयाँ आम्दानी गरेको कार्यालयका रेन्जर हरि पौडेलले बताउनुभयो ।

जिल्लामा ५ वटा खोटो कम्पनीले खोटो संकलनको काम गर्दै आएका छन् । खनाल, गणपति, माउण्ट, दिपमाला र बुढाथोकी रोजिन एण्ड टर्पेनटाइन उद्योग प्रालिले खोटो संकलन गर्दै आएका छन् । 

उपभोक्ता सँग कम्पनीले सम्झौता गरेपछि प्रारम्भिक वातावरण परिक्षण गरेर संकलनको अनुमति दिने गरिएको पौडेलले बताउनुभयो ।

जिल्लाका १ सय १३ सामुदायिक वनले खोटो विक्री गर्दै आएका छन् । प्यूठानमा २०६० सालदेखि खोटो संकलन तथा विक्रीको काम हुँदै आएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते