२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविद्युत ‘हव’ बन्दैछ कालीकोट

२०७४, १२ मंसिर मंगलवार १४:०४

दलसिंह गिरी | मंसिर १२, कालिकोट । कालीकोटमा पश्चिम नेपालकै जलविद्युत ‘हब’का रुपमा विकास हुँदैछ । जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडी बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति उर्जा मन्त्रालयले दिईसकेको छ ।

कालिकोटमा यी सबै आयोजना निर्माण सम्पन्न भएमा १ हजार ३१२ मेगावाट विद्युत उत्पादन नबने र पश्चिम नेपालमा जलविद्युत हवका रुपमा विकास हुन लागेको हो । कालिकोट जलबिद्युतको ‘हव’का रुपमा विकास हुन लागेकोमा यहाँका स्थानीयबासी निकै उत्साहित भएका छन् ।

कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल, जडिबुटी रहेकोले यहाँको विकासमा जलविद्युतको उपयोगमा यो बर्ष निकै ठुला उपलब्धी भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल र जडिबुटी हुन्’ उनले भने, ‘यो बर्ष कालिकोटमा जलविद्युतका प्रसस्त मार्ग खुलेका छन् । भर्खरैमात्र सरकारले कालिकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमति पत्र दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले तिला– १ र तिला– २ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत आयोजनाको प्रबद्र्धक एससी कम्पनीले तीन वर्ष अघि नै विद्युत विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो । तर विद्युत खरिद सम्झौता तथा प्रसारण लाइन सम्बन्धी सम्झौता रोकिएको बेला तत्कालिन उर्जामन्त्री जर्नादन शर्माले पहलमा प्राधिकरणले सम्झौता हस्ताक्षर गरिसकेको बताइएको छ ।

प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत खरिद गर्ने र सन् २०२४ सम्ममा प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको शान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभरको मापदण्ड अनुसार नै यसको पिपिए भएको छ ।

४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला–२ मा यिनै क्षेत्र प्रभावित हुने विद्युत निर्माण प्रबद्र्धक कम्पनी एसी पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । आयोजनाहरुको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ । तर, प्राधिकरणले तयार पारेको प्रसारण लाइन गुरुयोजना अनुसार, त्यस क्षेत्रमा प्रसारण लाइन सन् २०२५ सम्म बन्ने प्राविधिक शाहीले बताए ।

त्यस्तै ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली आयोजना करिब  ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । जलविद्युत आयोजनामा स्थानीय शेयर लगायतका रोजगारीको अवसर जुट्ने कारणले यहाँको स्थानीयबासी निकै उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ