३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखको ठूला आयोजनालाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग

१४ मंसिर २०७४, बिहीबार ०३:३९

मङ्सिर १४, दैलेख | दैलेखमा लामो समयदेखि थाँती रहेका ठूला विकासका योजना अहिले पनि पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । 

चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका बारेमा चासो दिनुपर्ने सुझाव दिन थालेका छन् । तीन वर्ष अघि सरकारका उद्योगमन्त्री आएर दैलेखको शिरिस्थानबाट पेट्रोलियम पदार्थको उत्खनन गर्ने भनेर गरेको उद्घोष अहिलेसम्म कार्यान्वयनको चरणमा नपुगेको भन्दै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले अब निर्वाचित प्रतिनिधिले दैलेखको खोलामा बगेर गएको ग्यासको सदुपयोग गर्ने वाचा गर्नुपर्दछ, दैलेखलाई पञ्चकोशी धार्मिक क्षेत्र घोषणाको पहल गर्नुपर्ने माग गर्नुभयो । 

जिल्ला सदरमुकाम दैलेखका मतदाताले विगत छ वर्षदेखि सञ्चालनमा आएको मध्यपहाडी राजमार्गको दैलेख सदरमुकाम खण्डको विवाद अझै टुंगिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल यसबारे ठोस कदम चाल्नुपर्ने माग राखेका छन् । दैलेखको भाग्य र भविष्यसँग जोडिएको मध्यपहाडी राजमार्गको अहिलेसम्म निकाश नहुनु लाजमर्दो कुरा भयो स्थानीय रामबहादुर दमाईले गुनासो गर्नुभयो । अन्य जिल्लामा मध्यपहाडी राजमार्ग खण्ड कालोपत्रे भइसकेको छ तर दैलेख खण्डमा अझै कालोपत्रे हुन सकेको छैन । 

जिल्लाको व्यापार व्यवसाय बढाउन यो सडक निकै आवश्यक भएको दैलेख उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र थापा बताउनुहुन्छ । आयोजनाले नै ढिलाइ गरेका कारण समस्या भएको निर्वतमान सांसद अमरबहादुर थापाले बताउनुभयो, आफूले बाटो खुलाउन निकै प्रयास गरेको र स्थानीय दश मिटर बाटो दिन तयार रहेको भए पनि अझै आयोजनाले यसबारे ठोस काम गर्न नसकेको थापाले गुनासो गर्नुभयो । थापा अहिले पनि दैलेख सदरमुकामकै क्षेत्रबाट प्रदेशसभा सभासद्मा उम्मेदवार हुनुहुन्छ । 

दैलेख सुर्खेत सडकखण्ड दुई लेनको निर्माण गर्ने भनेर राजनीतिक दलहरुका प्रतिबद्धतामा २०६४ सालदेखि निरन्तर लेखिँदै आएको छ तर सडकमा भएका खाल्डा समेत पुर्ने काम भएको छैन, नेपाली भाषाको पहिलो सिलालेखसँगै हजारौँ मूर्त अमूर्त सम्पदाको धनी जिल्ला भनिए पनि अहिलेसम्म कुनै पनि धार्मिक क्षेत्रको संरक्षणका लागि ठोस योजना जिल्लामा आएको देखिँदैन । कर्णालीमा निर्माण हुन थालेको नयाँ शहर आयोजना विगत पाँच वर्षदेखि अन्यौलमै देखिएको छ । 

पुराना र बाँकी रहेका विकासे आयोजनाभन्दा अहिले दलहरुले नयाँनयाँ योजना ल्याएर गाउँ अभियानमा होमिएका छन् । जनताले ठोस योजना ल्याएर चुनावमा भोट माग्न आउनुपर्ने सुझाव दिन थालेका छन् । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै