३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमाल बहुउद्देश्यीय सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

१ पुष २०७४, शनिबार १३:२२

पुस १, सुर्खेत । वीरेन्द्रनगर ३ तातापानी सुर्खेत स्थित हिमाल बहुउद्देश्यीय सहकारी संस्था लि.को चौधौं वार्षिक साधारण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्नभएको छ ।

सहकारी आन्दोलनको समस्या र चुनौतीका बारेमा प्रकाश पार्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पदम दाहालले संस्थाले संचालन गरेका कुनै पनि अभियानमा आफुले सकेसम्म मद्दत गर्ने बताएका छन् । प्रमुख अतिथि दाहालले संस्थाको शेयरपँुजी नै मेरुदण्ड भएकोले यसको वृद्धि विकासमा लाग्नु पर्ने समेत बताएकाछन् । 


पानसमा दीप प्रज्वलन गरी उद्घाटन समारोहको शुभारम्भ गरी शुभकामना मन्तव्य दिने क्रममा दाहालले सो कुरा बताएका हुन । त्यसैगरी  कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका सचिव रविन्द्र शाहले सहकारीका शेयर सदस्यहरुमा सहकारी शिक्षा प्रदान गर्न सकेमा मात्रसहकारीको भविष्य उज्जवल हुन सक्ने बताएका छन् ।शाहले सहकारी शिक्षाकै अभावकाकाकारण सहकारी माथि अविश्वाश हुने भएकोले गुणात्मक विकास गर्न नसक्ने बताएकाछन् ।

संस्थाका अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष लालबहादुर कार्कीको स्वागतमन्तव्य र सचिव जीवन शाहीको संचालनमा सम्पन्न भएको साधारण सभामा अध्यक्ष लोकेन्द्र केसीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन,सचिव जीवन शाहीद्वारा प्रस्तुत प्रगती प्रतिवेदन, कोषाध्यक्ष झक्कबहादुर विष्टद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, संयोजक कृण्णा वलीद्वारा प्रस्तुत ऋणसमितिको प्रतिवेदन र संयोजक सोमराज थापाद्वारा प्रस्तुत लेखासमितिको प्रतिवेन माथि छलफलगर्दै एकमतकासाथ बन्दशत्रले पारित गदै साधारण सभा सम्पन्नभएको अध्यक्ष केसीले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’