३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिलोत्तमा नगर क्षेत्रमा गौशाला व्यवस्थापनमा जोड

४ पुष २०७४, मंगलवार ०२:५०

पुस ४, बुटवल (रासस) | रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा पाल्तु चौपाया जथाभावी छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । 

जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने, फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुनेलगायत नगर क्षेत्रकै सुन्दरतामा समस्या आउने भएकाले चौपाया नियन्त्रण गर्न आग्रह गरिएको छ । 

रुपन्देही, तिलोत्तमा नगरपालिकामा गौशाला व्यवस्थापनका विषयमा नगरपालिका र गौशाला व्यवस्थापन समितिको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । छाडा चौपायालाई गौशालासम्म पुर्याउन समस्या भइरहेका बेला सोमबार नगरपालिकाले व्यवस्थापन समितिसँग गरेको संयुक्त छलफलले छाडा चौपायालाई गौशालासम्म पुर्याउन सरोकार भएका अन्य निकायसँग सहयोग माग्ने निर्णय गरेको छ । 

बैठकमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले छाडा चौपायाले वन संरक्षणमा पनि चुनौती थपेकाले यसमा सुरक्षा निकायको सहयोग मागिने जानकारी दिनुभयो । 

गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले सडकमा डुल्ने साँढेलाई गौशालासम्म पुर्याउन निकै चुनौतपूर्ण रहेको बताउँदै सबैको सामूहिक प्रयासले मात्र समस्याको समाधान हुने बताउनुभयो । शंकरनगर र करहिया सामुदायिक वन उपभोक्ता समूहको चार बिघा क्षेत्रफलमा गौशाला रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति