३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय सार्वजनिक

९ पुष २०७४, आईतवार १२:४२

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा गत वर्ष भएको तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय आईतवार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । २०७३ साल मंसीर २ गते देखी १३ गते सम्म संचालन भएको महोत्सवमा भएको ५९ लाख ७५ हजार ७ सय ७० वरावरको आयव्याय प्रस्तुत गरिएको छ ।

महोत्सवमा मा जम्मा आम्दानि ५९ लाख ७५ हजार ७ सय ७० मध्ये खर्च ५५ लाख ८८ हजार ९ सय ४४ भएको र सस्थालाई नाफा ३ लाख ८६ हजार ८ सय २६ भएको महोत्सवमा मुल समिति संयोजक महादेव पोखरेलले वताए । कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धिको मुल आधार भन्ने नारासहित संचालन भएको महोत्सवले कपिलवस्तुका पर्यटकिय उद्योगिक तथा कृषि क्षेत्रको प्रचार गरिएको पोख्रेलले वताए । आईतवार भएकै कार्यक्रमको अवशरमा महोत्सव लाग्नुपुर्व घोषणा गरिएको प्रति टिकट रु १ का दरले वहादुरगंज सर्पदशालाई दिने भनिएको रमक एकमुष्ट ३० हजार प्रदान गरिएको छ ।


व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको सम्मान तथा आयव्याय सार्वजनिक कार्यक्रममा कपिलवस्तु क्षेत्र ३ प्रदेश सभा १ का सदस्य अर्जुन केसीलाई संघले सम्मान गरेको छ । सम्मान पछि कार्यक्रममा वोल्दै केसीले व्यापार संघले गत वर्ष लगाएको महोत्सव ले यस क्षेत्रको विकाशमा सहयोग गरेको वताए । महोत्सवले यस क्षेत्रका कृषि पर्यटन उद्योग व्यापार आर्थिक समृद्धी बनाउने प्रयास गरेको जिकिर गरे ।महोत्सव लगाउने विषयमा विवाद भन्दा पनि यस क्षेत्रका संघ सस्था सवैको महोत्सव हुने भएकाले सवैले सहयोग गर्नुपर्ने धारण राखे ।

त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले महोत्सव लगाएर एक सामाजिक काम गरेकोमा व्यापार संघ कपिलवस्तुलाई धन्यवाद दिए । महोत्सव वाट यस क्षेत्रमा सर्पले टोकेर पिडितहरुलाई सहयोग गरिनु पं्रसशानिय कार्य रहेको दावि गरे ।अधिकारीका अनुसनार महोत्सवमा वाहिरी वस्तु ल्याएर देखाउनु भन्दा यस क्षेत्रका वस्तुलाई प्रथमिकता दिएर प्रवद्धन गर्न आयोजक सस्थाहरुलाई सुझाव दिए ।अन्य क्षेत्रका व्यापारी भन्दा पनि यस क्षेत्रका व्यापारीले नै स्थान दिनुपर्नेमा अधिकारीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’