२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा जलबिधुतको लगानीले गरिवी घटाउने विश्वास

२०७४, १२ पुष बुधबार १५:३६

पुस १२, कालिकोट । जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको छ । 

जिल्लामा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना ठुला गरेर २ हजारभन्दा बढी मेगावाट विद्युत उत्पादन गर्न सक्ने खोलाहरुका कारणले जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको हो ।

जलविद्युतको क्षेत्रमा अहिले अध्ययन गरिएका केहीको काम अगाडी बढाईका जलविद्युत्का योजनाहरुलाई हेर्ने हो भने जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडी बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति उर्जा मन्त्रालयले दिईसकेको छ ।

यी सबै आयोजना बनेका १ हजार ३१२ मेगावाट बिद्युत उत्पादन क्षमता राख्दछ । जसको उत्पादनले कालिकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । त्यो भन्दा पनि यस जिल्लामा थुप्रै उन्य जलविद्युत आयोजना बन्ने ठाउँहरु रहेको छन् तिनीहरुको उपयोगिता हुन सकेको छैन् ।

कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल जडिबुटी रहेकोले यहाँको विकासमा जलविद्युतको उपयोगमा नै कालिकोटको पहिलो आधार रुपमा रहेको पूर्व उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बताए । 

‘कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडिबुटी हुन्’ उनले भने, ‘यो बिशेष गरेर कालिकोटको आर्थिक विकास आधार खोज्ने हो भने जलविद्युत नै पहिलो प्राथमिता हो ।’

नेपाल विद्युत प्राधिकरणले तिला १ र तिला २ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत आयोजनाको प्रबद्र्धक एससी कम्पनीले तीन वर्ष अघि नै विद्युत विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो । 

तर, विद्युत खरिद सम्झौता भइसकेको र त्यसको निर्माण प्रक्रिया अगाडी बढेमा कर्णालीको आर्थिक विकास हुने खाडाँचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

‘प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत खरिद गर्ने र २०२४ सम्ममा प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको छ’ उनले भने, ‘यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । 

पिकिङ रन अफ दि रिभर को मापदण्ड अनुसार नै यसको पिपिए भएको छ ।’ ४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला दुईमा यिनै क्षेत्र प्रभावित हुने विद्युत निर्माण प्रबद्र्धक कम्पनी एसी पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए ।

त्यस्तै फुकोट कर्णाली आयोजना कम्पनीले जिम्मा लिएको छ । यो आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करिब  ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । 

यो आयोजना बनेका कर्णाली क्षेत्रमा बिद्युत निकै फ्ड्को मार्ने स्थानीयको बुझाई रहेको छ । कालिकोटमा बिद्युत क्षेत्रमा मात्रै विकास गर्ने हो हजारौं रोजगारी, विद्युतमा लगानी अबसर पाउने जिल्ला समन्वय समितिका कालिकोटका प्रमुख अनिपाल शाहीले बताए ।

जलबिद्युत आयोजनामा स्थानीय सेयर लगाएतका रोजगारीको अवसर जुट्ने कारणले यहाँको स्थानीयबासी निकै उत्साहित भएका स्थानीय रामबहादुर रावतले बताए । 

‘हामी राजगारीका लागि कालापहाड जानुपर्ने बाध्यता रहेको छ ।’ उनले भने,‘त्यसका अन्त्यका लागि जलबिद्युतका आयोजना बन्दैछन् भन्ने सुनेका छौं । तर, कहिले बन्छन् थाहा छैन् ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते