2026-10-15 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गल्छी–रसुवागढी सडक विस्तार युद्धस्तरमा, गल्छीदेखि र ढुंगे बजारसम्म चार लेन

–रामहरि न्यौपाने | पुस १५, नुवाकोट (रासस) | राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ । 

काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक आठ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । 

विसं २०७३ पुस १ देखि शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने भए पनि निराशाजनक भएपछि लक्ष्य पूरा गर्न यातायात सञ्चालन बन्द गरी युद्धस्तरमा तीव्रता दिई तोकिएको समयमा पूरा गर्न सक्षम रहेको योजना प्रमुख देवकोटाको भनाइ छ । “सडक निर्माणको काम ढिलाइ हुनुका कारण खोजेर त्यसको समाधानका लागि प्रयास भइरहेकाले काममा तीव्रता र उत्पन्न समस्या समाधान पनि सँगसँगै अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्या समाधानको प्रयास भइरहेको छ ।” 

सडक विस्तारको काम सम्झौता अवधिभन्दा छ महिना थप गरी २७ महिना पुर्याइएको छ । उहाँले भन्नुभयो, “पहिलो पटक थप भएअनुसार विसं २०७५ फागुन ५ मा आयोजना पूरा गर्नुपर्ने नयाँ समयसीमामा काम सम्पन्न हुन्छ ।” पृथ्वीराजमार्गस्थित धादिङको गल्छीबाट शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको हुने छ । सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ)को काम सम्झौता भएर काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र रहेको प्रगति निराशाजनक भएकाले सुधार गर्न कामलाई तीव्र बनाउन ठेकेदार पक्ष कोभेक, टुण्डी र रसुवा कन्स्ट्रक्सन पक्षसमेतले प्रतिबद्धता जनाएका छन् । 

सडक निर्माणको शुरुआती समयको प्रगति निराशाजनक भए पनि पछिल्लो समय युद्धस्तरमा कामलाई तीव्र बनाइएकाले सडक विस्तारमा उत्पन्न समस्या सरकारी पक्षले समाधान गरेमा योजना पूरा गर्न सक्षम रहेको ठेकेदार पक्षका इ गौरीशंकर महतोले दाबी गर्नुभयो । 

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ । दुई लेन सडकमा ११ मि कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मि जग्गा अतिक्रमण गरिने आयोजना पक्षले जनाएको छ । 

नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले गर्दै आएको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमी सडक नेपाली सेना र बाँकी स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारले निर्माण जारी राखेका छन् । 

रु नौ अर्ब ५० करोड लगानीमा निर्माण गर्न लागिएको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो । 

चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्गसमेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिंगो मुलुकको आर्थिक विकासका लागि यो सडकलाई सामरिक महत्वका रुपमा समेत हेरिएको छ । 

– फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने